पूर्व प्रधानमन्त्रीका छोरालाई एमालेले भित्र्यायो,एकल महिलाकी अध्यक्ष पनि एमालेमै



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्री डा. के. आई. सिंहका कान्छा छोरा यज्ञजीत शाह एमालेमा प्रवेश गरेका छन । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल सद्भावना पार्टीको वाट रूपन्देही जिल्लाको क्षेत्र नं. ५ बाट निर्वा्चित साँसद हुन । “मानव अधिकारका लागि महिला ( एकल महिला संरक्षण“ नामक संगठनका केन्द्रीय अध्यक्ष लिलि थापा पनि औपचारिक रूपमा नेकपा (एमाले)मा प्रवेश गरेका हुन ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रदेश नं. २ स्तरीय अगुवा कार्यकता भेलामा उनीहरु पार्टी प्रवेश गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा बैशाखी चाहिने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । कांग्रेस माओवादी गठनबन्धनप्रति संकेत गर्दै उनले भने बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’
कांग्रेस एमाले कमजोर भएकै कारणले चुनावमा गठबन्धन नामको बैशाखीको सहारा लिएको दाबी गर्दै उनले एमालेसँग मुकाबिला गर्न कसैसँग हिम्मत नभएको दाबी गरे ।

भेलामा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए । भेलामा नेताहरु माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराई ,नागेनद्र चौधरी लगायतका नेता हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...