देउवाका मन्त्रीले निर्वाचन आयोगको खेदो खने,आचार संहिता संकटकालको शैली भन्दै किन उफ्रीए बीरबहादुर?



भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रिय सदस्य बीर बहादुर बलायरले निर्वाचन सम्बन्धि आचार संहिता संकटकालको शैलीमा ल्याईएको आरोप लगाएका छन् । गृह जिल्ला डोटी पुगेको अबसरमा नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगलाई यस्तो आरोप लगाएका हुन् ।

‘निर्वाचन आयोगले सरकारसंग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचार संहिता ल्याएकोमा सरकार अचम्मित छ,’ पत्रकार सम्मेलनका क्रममा उनले भने,‘निर्वाचन सम्बन्धी कार्यक्रम सरकार र आयोगको समन्वयमा तय गरिनुपर्ने हो । आयोगले बिना समन्वय आचार संहिता लगायो ।’ तेस्रो चरणको स्थानीय तह निर्वाचनको आचार संहिता कायम रहेकै बेला आएको यो आचार संहितालाई ‘आचार संहिता माथि आचार संहिता ल्याईएको’ उनको टिप्पणी थियो ।

विना जानकारी ल्याईएको आचार संहिताले सरकारका नियमित कार्यक्रमहरुलाई नराम्ररी प्रभावित पारेको मन्त्री बलायरले बताए । ‘हामी गत सरकारको काम चलाउ बजेटमा सरकार चलाईरहेको छौ । जसले कार्यसम्पादन, बिकास निर्माण र जनताका अपेक्षा सम्बोधन गर्न सकिरहेको स्थिती छैन,’ उनले भने, ‘सबै तारतम्य मिलाउनु अगाबै आचार संहिता लगाएर आयोगले सरकारलाई बाधिदिएको छ । आक्रामक शैलीमा ल्याईएको आचार संहिताबारे केही बुझ्न सकिएन् ।’ यहि अबस्थामा सरकारले निर्वाचनको बाताबरण मिलाउन नसक्ने उनले जिकिर गरे ।

मंसिर १० गते हुने निर्वाचनका लागि अहिल्यै आचार संहिता आबश्यक नरहेको उनको भनाई थियो । ‘यो बर्ष निर्वाचन नै निर्वाचनको बर्ष हो । निर्वाचनलाई हेरेर बिकासलाई पूर्ण अबरुद्ध पार्न मिल्दैन्,’ मन्त्री बलायरले भने,‘यो अवस्थाले त बर्ष नै आचार संहितामा जाने भो । त्यसैले आचार संहिता मिलाएर छलफलका आधारमा लगाईनु पर्ने हो ।’
आयोगले आचार संहिता लगाएपनि तत्कालका लागि हट्नेमा सरकार विश्वस्त रहेको पनि उनले बताए । उनले भने,‘यस बिषयमा सरकारले आयोगसंग छलफल गर्छ । त्यसमा तत्कालका लागि आचार संहिता हट्नेमा हामी ढुक्क छौ ।’ यसैले आफुलाई आचार संहिताको अनुभुति नभएको उनले बताए ।

छिट्टै भारत–चीन जोडिन्छ

मन्त्री बलायरले प्रदेश नम्बर–७ को भुमि हुँदै छिट्टै भारत–चीन जोडिने बताए । ‘भारतको गौरिफण्टा हुदै चीनको ताक्लाकोट नाकासम्म जोड्ने सडकका लागि सरकारले तयारी गरिरहेको छ,’ उनले भने । यसका लागि साबिकको धनगढी–खुटिया–दिपायल फाष्ट ट्रयाकलाई धनगढी–दिपायल–चैनपुर–ताक्लाकोट नामाकरण गरेर काम थाल्ने प्रक्रिया शुरु भैसकेको उनले बताए ।
‘यो करिडोरबाट तीन सय किलोमिटरमै भारत–चीन जोडिन्छ,’ उनले भने,‘यसलाई प्रदेश नम्बर–७ को समृद्धी मार्गको रुपमा मैले परिकल्पना गरेको छु ।’ यो सडकको हिमाली क्षेत्रमा बाह्रैमास सडक सूचारु हुनेगरी साढे तिन किलोमिटर सुरुङ मार्गको समेत प्राबिधिक अध्ययन शुरु भैसकेको उनले बताए । यो सडकमा ७० किलोमिटरको डिपिआर भएर ठेक्का हुने समेत उनले बताए ।

अब सुरुङमार्गमा ध्यान
नेपालका पहाडी क्षेत्रमा सडक सञ्जाल बिस्तार गर्न भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गमा ध्यान दिईरहेको मन्त्री बलायरले बताए । उनले भने,‘पहाडी क्षेत्रमा सडक बिस्तार गर्दा डाँडाहरु कत्लेआम हुनथाले । त्यसले प्रकोपको जोखिम पनि निकै बढायो,’ उनले भने,‘यसैले हामीले सुरुङमार्ग पनि बिशेष ध्यान बढाएका छौ । जसले छोटो दुरी पनि हुने र पर्याबरण पनि जोगिने । यसका लागि बिभागसंग अध्ययन थाल्न निर्देशन गरिसकेको छु ।’ यसमा बिदेशी सहयोगकर्ताहरुले पनि ईच्छा देखाईरहेको उनले बताए ।

सडक तथा पूर्बाधारका क्षेत्रमा केही नयाँ कामहरु गर्न खोजिरहेको पनि उनले प्रतिक्रिया दिए । उनले भने,‘केही नयाँ प्रबिधिहरु मार्फत सडकहरु तथा पूर्बाधारहरुको निर्माणबारे अध्ययन थालिरहेको छौ । आशा छ । त्यसले आशातित सफलता पाउनेछ ।’

धनगढीमा अन्र्ताष्ट्रिय बिमानस्थल
सरकारले धनगढीमा अन्तर्राष्ट्रिय बिमानस्थाल बनाउने गरी लगभग तयारी थालेको समेत मन्त्री बलायरले बताए । यसका लागि अध्ययन भैसकेको उनले बताए । ‘अन्तर्राष्ट्रिय बिमानस्थलका लागि तीन हजार मिटर लम्बाई चाहिन्छ । २४ सय त अहिले पनि छ । जसमा पनि संचालन गर्न सकिने रहेछ,’ उनले भने, ‘तरपनि ६ सय मिटर थप्न चाहिने २६ करोडमध्ये ६ करोड बिनियोजन भैसकेको छ । बाकी २० करोड तत्कालै उपलब्ध गराउन प्रधानमन्त्री समेत सहतम भैसक्नुभएको छ ।’

धनगढीमा अन्य क्षेत्र भन्दा सहजै अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन सकिने अबस्था रहेको पनि उनले बताए । उनले भने,‘अन्य ठाउँमा जमिनका लागि ठुलो बस्ती उठाउनुपर्ने, जंगल मास्नुपर्ने अवस्था छ । धनगढीमा थोरैमै सम्भव छ ।’

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न