देउवाको झाँको झार्दै प्रचण्डले कोशी उच्च बाँधको डिपिआर निर्माणमा यसरी हाल्ने भए भाँजो



हाम्रो इकोनोमि

विराटनगरमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला समझदारी पुनर्विचार गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका छन् । ४६ बुँदे नेपाल–भारत संयुक्त वक्तव्यको २८ नंम्बर बुँदामा दुई प्रधानमन्त्री सप्तकोशी उच्च बाँधको डिपिआरको तयारी र सुनकोशी बाँध र डाइभर्सन योजनालाई गति दिन सहमत भएको उल्लेख छ । प्रचण्डले कोशी उच्च बाँधको डिपिआर निर्माणलाई गति दिने नेपाल भारत समझदारी पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल भारत संयुक्त वक्तव्यका विषयमा बिहानै प्रचण्डलाई जानकारी गराएका थिए ।

प्रचण्डले नेपाल भारत संयुक्त वक्तव्य लगायतका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्ने समेत बताएका छन् ।

१९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालको भारत भ्रमणका क्रममा उच्च बाँध निर्माणका लागि डिपिआर तयारीका लागि दुई देशले संयुक्त अध्ययन गर्ने समझदारी भएको थियो । प्रचण्ड त्यसको बिपक्षीमा उभिएका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...