राजपामा फेरी थपियो लफडा,चुनाब बिरुद्द उत्रिदै पार्टी फूटाउन को-को भए सक्रीए



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टीले बहुमतका आधारमा चुनावमा जाने निर्णय गरे पनि सबै नेताहरु एक हुन सकेका छैनन् । राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्ष मण्डलका एक जना सदस्य अनिल झाले पार्टीबाट अलग हुने संकेत गरेका छन् ।

महासचिव मनीष सूमन पनि निर्वाचनमा भाग लिने निर्णयको विरोधमा रहेका बेला अनिल झाले पनि विद्रोहको तयारी थालेका हुन् । नेता झाले आफू चुनावमा जाने विषयमा सहमत नभएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

विधान संशोधन नभै चुनावमा जानुहुँदैन भन्ने कुरा आफुले पार्टीभित्र राखे पनि बहुमत पुग्न नसक्दा आफ्नो कुरा पराजित भएको नेता झाको तर्क छ ।
संविधान संशोधनबिना चुनावमा जाने कुरामा आफु खुशी हुन नसके पनि अरु कुरामा पार्टीभित्र कुनै विवाद नरहेको झाले स्पष्ट पारे । आफ्नै असहमति पनि सैद्धान्तिक रुपमा मात्रै रहेको झाको भनाई छ ।
संसदमा दुई तिहाई बहुमत पुगेको बेला संविधान संशोधन हुने विश्वास कायम रहेको बताउँदै नेता झाले भने, “त्यसका लागि जनताले मत दिनुपर्छ । जनमत कम भएकै कारण संविधान संशोधन हुन सकेन ।”
राष्ट्रिय जनता पार्टीले चुनावमा जाने निर्णय गरेसँग निर्वाचन आयोगमा गएर प्रक्रिया पूरा गरिसकेको छ । तर आयोगमा जाने क्रममा पनि झा सहभागी थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...