यी हुन नेपाल र भारत बीच भएका आठ सम्झौता
पाँच दिने भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेबहादुर देउवाको भ्रमणमा भारत र नेपालबीच बीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी भएका आठ बुँदा मध्य चारवटा भूकम्प पछिको पुनर्निर्माणको बारेमा रहेको छ। भुकम्पपछिको पुनर्निर्माण सम्बन्धी बुँदामा यसअघि भारतले पुनर्निर्माणका लागि दिने भनिएको सहयोगको कार्यन्वयन सम्बन्धी रहेको छ।
भुकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने वचन दिएको क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ बारेमा समझदारी भएको हो।
त्यसैगरी मेची नदीमा पुल निर्माण, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ।
चार्टर एकाउन्टेन्सी सम्बन्धि बिषयमा पनि नेपाल र भारतका चार्टर एकान्टेन्ट संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।