अदालतको आदेश संगै घुस्याहा र दलाल रन्थनिए,लाइसेन्स लिन सहज गराउने कस्तो थियो सर्बोच्चको आदेश



हाम्रो इकोनोमि

लाइसेन्स लिनका लागि दिनुपर्ने ट्रायल परीक्षा व्यक्तिगत ट्रायल सेन्टरमा महगो भाडाको ठाउँमा दिनुपर्ने र ट्रायल दिने स्कुटी, मोटरसाइकल, कारजस्ता सवारी साधन पनि तोकिएकै व्यक्तिकोमा दिनुपर्ने भएपछि सेवाग्राही महगो भाडा तिर्न बाध्य भएका थिए । यथार्थमा यातायात व्यवस्था कार्यालय, ट्राफिक, सवारी साधन र ट्रायल दिने ठाउँको मालिक र दलालवीचका मिलोमतोमा हप्ताकै पचासौं लाख भ्रष्टाचार भइरहेको थियो । यसले दुनियालाई सास्ती दिएको थियो।

यस सम्बन्धमा राजधानीका दीपक पराजुलीले सर्वोच्चमा रिट हालेर भ्रष्टाचार भयो, सेवाग्राही मर्कामा परे, सेटिङमा लाइसेन्स भनेर आपत्ति प्रकट गरेपछि सर्वोच्च अदालतले आफ्नै सवारी साधनमा ट्रायल दिने व्यवस्था गर्न आदेश दिएपछि मिलोमतोमा खानेहरुको निद हराम भएको छ ।
अझै पनि दलालको ठाउँमा ट्रायल लिन रोकिएको छैन । फेल भएका व्यक्तिहरुलाई पास भएका व्यक्तिहरुको सूचीमा घुसाउने र लाइसेन्स दिलाउने काम पनि मिलोमतोमै भइरहेको छ ।

एकथान मोटरसाइकलको लाइसेन्सका लागि २५ हजारसम्म लिनेदिने गरिएको छ । यतिमात्र होइन, नक्कली लाइसेन्स छ्यापछ्याप्ती भइरहदा पनि पक्राउ पर्ने तर नक्कली लाइसेन्सको बाढी आइरहेको छ ।
कसरी नियन्त्रण गर्ने सरकारले गम्भीरताका साथ सोचेको देखिदैन ।
अदालतको आदेशपछि अदालत पनि के के गर्छ, गर्छ भनेर ट्राफिकका खन्चुवा हाकिम झोक्किएको सेवाग्राहीहरुले बताएका छन् । र अहिले उनीहरुको खाने बाटोमा तगारो लागेको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...