देउवा पत्नीलाई भेटी चढाएर सांसदका पिए बने पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव



हाम्रो इकोनोमि

अखण्ड पार्टीका अध्यक्ष पूर्व मन्त्री एबम सांसद कुमार खड्काका स्वकीय सचिब प्रदीप ढकाललाई सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री जितेन्द्र देवले उनलाई नियुक्त गरेका हुन्। खड्का प्रचण्ड सरकारका महिला मन्त्री थिए,हो उनी खड्काका पिए ढकाल बिबादित पात्र हुन्।
समाज कल्याण परिषद मातहतको भृकुटीमण्डप लिजमा दिने तयारी उनै ढकालले गरेका थिए। उनले त्यस बापत करोडौ लिएको आरोप पनि छ।उक्त रकम प्रधानमन्त्री देउवा पत्नी आरजुको मा समेत पुगेको थियो। अहिले पनि उनै आरजुलाइ भेटी चडाएर उनी त्यहाँ नियुक्त भएको श्रोतको भनाइ छ।

 

पूर्वीय दर्शनमा भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट विद्यावारिधी गरेका ढकाल पूर्वीय दर्शन तथा संस्कृतिका विज्ञ हुन्। हिन्दु धर्म र दर्शनका विषयमा विशेष दख्खल रहेका ढकाल राजनीतिक विषयमा समेत कलम चलाउँदै आएका छन्।
स्याङ्जामा जन्मिएका ढकाल ४० वर्षका हुन्। पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा ढकालले कम उमेरमै नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन्। कोषमा यसअघि डाक्टर गोविन्द टण्डनले नेतृत्व दिएका थिए। उनको कार्यकाल पूरा भएपछि कोषको नेतृत्व खाली थियो।ढकाल अखण्ड पार्टीका केन्द्रिय सदस्य पनि हुन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...