अटेरी भारतलाई कोशी ब्यारेजको ढोका खोल्न महराले दिए यस्तो आदेश



हाम्रो इकोनोमि

कोशीमा पानीको बहाब बढेर पुर्बी नेपाल जलमग्न भए पछी र तराईको अधिकांश ठाउमा डुवान भई नदी को बहावमा उच्च जोखिम बढेपछि उप प्रम तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले भारतीय राजदुत मंजिभ सिंह पुरी मार्फत भारत सरकार लाई भारतिय सबै बाँध यथासिघ्र खोल्न आग्रह गरेका छन । केही बेर अघी टेलिफोन मार्फत महराले त्यस्तो आग्रह गरेको उनका स्वकीय सचिब समेत रहेका राहुल महराले जानकारी दिएका छन। भारतले बाँध नखोलेका कारण सप्तरी सुनसरी,मोरंग लगायतका जिल्ला डुबानमा परेका छन्।

लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीयबासी रुष्ट बनेका छन्।

पानीको बहाब प्रति सेकेण्ड २ लाख ७० हजार तीन सय ६५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए । उनका अनुसार भारतको नियन्त्रणमा रहेको सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये ३३ वटा मात्र ढोका खुल्ला गरिएको छ। पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा पाँच दिनदेखि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

सप्तकोसी नदीमा शुक्रबार बिहान प्रतिसेकेण्ड २ लाख ५० हजार ४० क्युसेक पानीको बहाव मापन गरिएको भएपनि दिउँसोबाट अझ बढ्दै गएको एसपी माझीले बताए। सप्तकोसीमा पानीको बहाव उच्च भएका कारण सुनसरीको बराहा नगरपालिका स्थित श्रीलंका टापुका बासिन्दाहरुलाई आवतजावतमा समस्या परेको महेन्द्रनगरका रमेश घिमिरेले बताए। यतिबेला कोसी प्रभावित क्षेत्रका बासिन्दाहरु त्रसित देखिन्छन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...