डरलाग्दो खाल्डामा डुबेकी २ वर्षीया अस्मिताको यसरी भयो उद्धार



हाम्रो इकोनोमि

झापा स्थित विर्तामोडको जलमग्न एवम् खाल्डाखुल्डी भएको डरलाग्दो सडकमा शुक्रवार अपरान्ह डुबेकी एक बालिकाको शीघ्र उद्धारका कारण ज्यान बचेको छ ।
विर्तामोड–३ विर्ताबजार निवासी २ वर्षीया अस्मिता खातुन विर्तामोड नगरपालिकाबाट एक सय मिटर नजिकै भद्रपुर जाने सडकको नालीमा डुबेकी थिइन् । उनकी आमासँग रहेकी बालिका सडकको भौडी पार गर्ने क्रममा उक्त दुर्घटनामा परेकी हुन् ।

सडक भत्किएर बर्षाको भेल बगेको भाग पार गरिरहेका बेला अपरान्ह २ः३० बजे आमाको हातबाट चिप्लिएर २ वर्षीया अस्मिता उनको उचाईभन्दा गहिरो नालीमा उत्तानो परेर खसेकी थिइन् ।
बालिकाकी आमा सम्झना खातुन बस स्टेन्डबाट घरतर्फ पैदलै जाँदै थिइन् । छिटो उद्धार भएका कारण आफ्नो बच्चाको ज्यान जोगिएको भन्दै सम्झनाले खुशी व्यक्त गरे पनि जलमग्न र जीर्ण सडकको कारण यस्तो दुर्घटना भएको बताइन् ।

सडकमा बगेको भेलको बेगबाट हुत्तिएर अघि बढ्दा ती बालिका आमाको हातबाट चिप्लिएर नालीमा पुगेकी थिइन् । आधा मिनेटसम्म नालीभित्र डुबेर छटपटाइरहेकी अस्मितालाई उनकी आमा सम्झना खातुन र लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक मोहन काजीले उद्धार गरेका थिए ।

 

दुर्घटनास्थल नजिकै सडकमा लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक काजी जोखिमपूर्ण यात्रा गरिरहेका सवारी साधन र पैदल यात्रीको तस्वीर खिचिरहेका थिए । सोही बेला बालिका नालीमा परेको देखेपछि काजी उद्धारमा जुटेका थिए ।
विर्तामोडबाट भद्रपुर जाने व्यस्त सडकमा बर्षौदेखिका खाल्डाखुल्डी नपुरिदा र नाली व्यवस्थापन नगरिदा विर्तामोडको वडा नं. ३ स्थित सो स्थान दुर्घटना निम्त्याउने एम्बुससरह भएको छ ।
साइकल र मोटरसाइकलमा चढेर स्कुल जाने विद्यार्थीहरु र सीटी रिक्साहरु सो स्थानमा दिनहुँ दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन् ।
सडकमा रहेको सो खाल्डोको बारेमा ध्यानाकर्षण गराउँदा विर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीले सडक विभागसँगको समन्वयमा आगामी ३ दिनभित्र सो सडकको सबै खाल्डाखुल्डी पुरेर आवागमनमा सहजता ल्याइने बताए ।
बर्खाको समय भएकाले हाल पीच गर्न नसकिने तर ढुङ्गा र वालुवा भरेर सम्याउन सकिने’ उनले बताएका छन् ।

विर्तामोड–चन्द्रगढी सडक खण्डलाई फराकिलो (फोरलेन) बनाउने गरी सरकारले ठेक्का लगाए पनि ठेकेदारको लापरवाहीले सो काम अघि बढ्न सकेको छैन ।
नगरका मेयर शिवाकोटीका अनुसार एउटा ठेकेदारले सन्तोषजनक काम नगरेपछि सरकारले उसको ठेक्का सम्झौता रद्द गरी अर्कोलाई काम गर्न दिँदा पुरानो ठेकेदारले पाटन उच्च अदालतमा मुद्दा हालेको छ । हाल सो मुद्दाको फैसला भइसकेको छैन । लोकतन्त्र पोष्ट दैनिक

तस्बिर: नालीमा डुबेकी २ वर्षीया अस्मिता र उनकी आमा सम्झना (उद्धारको केहीबेरपछि)

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...