प्रचण्ड र वैद्यका पार्टीका नेताहरु भटाभट एमालेमा, क- कसलाई लगाए ओलीले टिका



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको विकास, जनताको विकास गर्न, राष्ट्रको सार्वभौकिता बचाईराख्न समर्पित  पार्टी भएको बताउनुभएको छ ।
विहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपा एमाले माक्सवादी दर्शनमा आधारित पार्टी हो । नेकपा एमाले देशलाई आधुनिक नेपाल बनाउन र सुखी नेपाली देख्नको लागि एमाले पार्टी लागिरहने बताउनुभयो । खोक्रो राष्ट्रवादले देशलाई सिध्याउने काम मात्र गर्ने भएकोले नेकपा एमाले भ्रमपूर्ण प्रचारमा नलागी देशको भलो हुने काममा अगाडी बढिरहने जनाउनुभयो ।

क्षणिक फाईदाको लागि अरुले एमालेविरुद्ध प्रयोग गर्न सक्ने तर्फ हामी सचेत हुनपर्ने बताउनुभयो । राष्ट्रियता, स्वाधिनता र समृद्ध नेपाल निर्माणका लागि एमाले लागिरहने बताउनुभयो । जनताको हितका लागि एमाले सधै अगाडी रहेर काम गर्ने बताउनुभयो । निजीकरणले गर्दा विभिन्न कालखण्डमा विभिन्न उद्योगहरु बन्द भएका छन् । बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना निजीकरणले गर्दा बन्दा भएको बताउदै नीजीकरणले अर्थतन्त्रलाई अगाडी बढाउनुको साटो भ्रष्टीकरण गरेको बताउनुभयो । नेकपा एमाले देशको अर्थतन्त्रलाई बलियो बनाउने काममा सधै लागिरहने पार्टी भएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३ सय ५७ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गरिसकेपछि माओवादी केन्द्रको बुद्धीजिवी फाँटका लामो समय रहेर काम गरेका गणेशकुमार अधिकारीले नेकपा एमाले जनताको भरोसा राख्ने पार्टी र देशलाई अगाडी बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आफू आकर्षित भएको बताउनुभयो । यस्तै माओवादी केन्द्रमा अहिले गुटबन्दीले गर्दा त्यस पार्टीमा रहेर कुनै पनि काम गर्न नसक्ने निधो गरी एमालेमा प्रवेश गर्न चाहने साथीहरुलाई लिएर आफू एमालेमा आएको बताउनुभयो ।
यस्तै गरी नेकपा माओवादी क्रान्तिकारीमा रहेर विभिन्न पदमा रही कार्यरत कमल प्रसाद घिमिरेले नेकपा एमालेले नाकावन्दीको बेलामा खेलेको भूमिकाले आर्षित गरेको बताउनुभयो ।यो देशको रक्षा गर्ने पार्टी एमाले मात्र हो भन्ने आफूले लिएकोले एमालेमा साथीहरु सहित प्रवेश गरेको जनाउनुभयो । पार्टी प्रवेश गरेकाहरुलाई पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेता माबकुमार नेपाल, महासचिब ईश्वर पोखरेले अविर र दोसल्ला ओढाएर प्रवेश गराईएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...