रेणुले अग्रता लिए पछी देउवाले प्रचण्डलाई फोन गरेर के भने?



हाम्रो इकोनोमि

चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गरेको समयमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुशी साटेका छन् ।
देउवा निकट उच्च स्रोतका अनुसार भरतपुरमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेणु दाहालले जित्ने निश्चित भएपछि प्रधानमन्त्री देउवाले आज साँझ फोन गरेर प्रचण्डसँग खुशी साटेका हुन् । उनले फोनमा खुशी साट्दै भने,‘मलाई आज निकै खुशी लागेको छ, रेणुले जितिन् यसमा मलाई निकै खुशी छ, जे होस् यो हाम्रो जित भएको छ।’

त्यस्ते यता नेपाली कांग्रेसका प्रभावशाली बिमलेन्द्र निधिले शनिवार सामाजिक सञ्जलमा अर्थपूर्ण सन्देश लेखेका छन् । माओवादी केन्द्रबाट भरतपुरको मेयर उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग कडा प्रतिस्पर्धा संगको मतान्तर न्युन बन्दै लगेको समयमा निधिले शनिवार अपरान्ह ट्वीट गरेका हुन् ।

उनले लेखेका छन, ‘भरतपुरमा रेणु दहाल जितुन् । हाम्रो चाहना यही नै हो । पछि अरु राजनीतिक विश्लेषण गर्दै गरौंला ।’ भरतपुर २० को जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लगेकी छन्। वडा नम्बर १९ मा अग्रता कायम गरेकी रेणुले २० नम्बर वडामा पनि निरन्तर रुपमा अग्रता कायम गर्दै मतअन्तर घटाउँदै लगेकी हुन्।

२० नम्बर वडाको १६०० मत गन्दा देवी र रेणुबीचको मतअन्तर चार रहेको छ। मतपरिणाम अनुसार देवी ज्ञवालीको ४२ हजार ४ सय १८ मत रहेको छ भने रेणु दाहालको ४२ हजार ४ सय १४ मत रहेको छ । ऋषी धमलाको सहयोगमा

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...