पत्नी आरजुलाई प्रधानमन्त्री बनाउने यस्तो छ देउवाको दाउ,आरजुलाई सफल बनाउन कसले लगाउने भो त खराउ ?



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा लागेकी छिन। उनलाई पति एवम् वर्तमान पार्टी सभापति देउवाले समेत विश्वासका साथ अघि बढाएका छन् ।
प्रधानमन्त्री देउवाले आफ्नो यो पटकको प्रधानमन्त्रीतत्व कालपछि पत्नी आरजुलाई नै पार्टीको बागडोर सम्हाल्नेगरि अघि सार्न लागेका हुन् । त्यसको लागि उनले अहिलेदेखि नै आरजुको लागि नयाँ राजनीतिक जग हाल्ने काम गरिरहेका छन् । आरजुको सम्बन्ध अन्र्तराष्ट्रिय स्तरमा समेत राम्रो प्रभाव छ । उनी उच्च शिक्षा हाँसिल गरेकी महिला नेतृमा समेत गनिन्छन् । सोही अनुसार देउवाले उनकी पत्नी राणालाई आफ्नो राजनीतिक कर्मक्षेत्र बर्दियालाई बनाउन सुझाव दिएका छन् । आरजु यतिवेला बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउन सक्रिय भएर लागिपरिरहेकी छिन् । आरजुले आफ्नी आमा एवम् राप्रपा नेतृ प्रतिभा राणालाई जापानका लागि राजदूत नियुत्ती गरेर पठाउनु र बर्दिया काँग्रेसका नेता संजय गौतमलाई सिँचाईमन्त्री बनाउनुको मुल कारण आरजु देउवाका लागि बर्दियाको ढोका खोल्नु भएको बताईन्छ ।

त्यस्तै बर्दिया काँग्रेसका सभापतिसमेत रहेका प्रतिभाशाली यूवा नेता संजय गौतमलाई मन्त्री बनाउनका लागि आरजु र प्रधानमन्त्री देउवाको मुख्य भूमिका रहेको बुझिन्छ । गौतमलाई काँग्रेस महामन्त्री शशांक कोइरालाको कोटाबाट मन्त्रिमण्डलमा सामले गरिएको छ ।

यद्यपी कोइरालाको कोटमा बनाइएको भएपनि प्रधानमन्त्री देउवा र आरजुको इच्छाबाट गौतम मन्त्री बनेका हुन् । यसरी गौतमलाई मन्त्री बनाइएपछि भोलिका दिनमा राजनीतिमा आरजुलाई सजिलो हुने विश्वास छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले समेत आफू निकटको उच्च स्तरको अनौपचारिक बैठकमा आफूले अब उत्तराधिकारीको रुपमा पत्नी आरजुलाई अघि सार्न लागिपरेकोबारे जानकारी गराएको स्रोतको दाबी छ । आरजुलाई देउवाले अघि सारेझैं न्यायसंगत भूमिका निर्वाह गरिन भने उनलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न अवसर हुनेछ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो उत्तराधिकारीको रुपमा छोरी सुजाता कोइरालालाई राजनीतिमा अघि सारेका हुन् । उनको पनि छोरीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनाउने ठूलो चाहना थियो । तर उनले जिवित हुँदै यस्तो चाहना पूरा भएको हेर्न पाएनन् ।
अहिले आरजुलाई जसरी देउवाले विश्वास गरेका छन् । उनलाई पार्टीभित्रका शीर्ष नेताहरुले समेत क्षमतावान महिला नेतृ भनेर चित्रित गर्ने गरेका छन् । यसरी हेर्दा, आरजु पार्टी सभापति बन्नेदेखि नेपालको पहिलो महिला प्रधामन्त्री बन्नको लागि आफ्ना पति शेरबहादुरले अघि सारेका मार्गमा हिँड्न तयारी अवस्थामा छिन् । ऋषी धमलाको सहयोगमा तयार परिएको समाचार

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...