सत्ता नपाएपछी उड्यो थापाको होश,देउवा विरुद्ध किन लगाए यस्तो दोष



हाम्रो इकोनोमि

देउवा सरकारमा जान अनेक अस्त्र प्रयोग गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा देउवा-प्रचण्डले वास्ता नगरे पछी हेटौडा पुगेर बर्बराएका छन।
थापाले आफूलाई देउवा सरकारमा जान गरेको प्रलोभनको रहस्य समेत खोलेका छन् । राप्रपा मकवानपुरले बिहिवार हेटौंडामा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले यस्तो रहस्य खोलेका हुन् ।

असोजमा निर्वाचन तोकिएको २ नम्बर प्रदेशको भ्रमण पछि गृहनगर हेटौंडा पुगेका थापाले राष्ट्रिय राजनितीमा चौथो शक्तिको रुपमा रहेको राप्रपामा सत्ता लिप्सा नभएको भन्दै देउवा सरकारमा पनि उपप्रधानमन्त्री सहित ४ मन्त्री दिने प्रस्ताव आएपनि नगएको सुझाए । उनले सरकारको नियत ठीक नभएको भन्दै मधेस समस्याको समाधान गर्न र राजपालाई चुनावमा सहभागी गराउन इमान्दारीका साथ काम नगरेको उनको भनाई थियो।

सरकार निर्माणबाट लम्पसारवादी नीतिमा चलिरहेको आरोप अध्यक्ष थापाको आरोप थियो । अहिलेको सरकार चरम सत्ता लिप्सामा फसेको र सरकार निर्माणको पहिलो महिना बाटै भ्रष्टाचारको चंगुलमा सरकार र सत्तासमझेदार दल फसेको उनको तर्क थियो । सरकारको अकरमन्यता, गलत नीति र सत्तालिप्साको कारणले गर्दा मुलुकमा ठुलो संवैधानिकता रिक्तता र राजनीतिक दुर्घटनाको संकेत देखिएको बताए । अन्तिम सम्म सरकारमा जान खुट्टा उचालेर बसेका उनले मन्त्रि परिषद विस्तार संगै सरकार लाइ दिएको समर्थन फिर्ता लिने घोषण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...