यी कुख्यात अपराधी चाँही किन फेला परेनन् गृहमन्त्री ज्यू, चिफ साब श्रीमानको वारेन्ट कहाँ छ ?



हाम्रो इकोनोमि

व्यक्ति हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई पक्राउ गरिएको छैन ।
२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । त्यसपछि गरिएको पुनरावेदनमा जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर, २०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेको थियो।

सर्वस्वसहित जन्मकैदको सजाय सुनाउँदा ढुंगेल बहालवाला सभासद् थिए । तर, राजनीतिक आडमा उनी हालसम्म पक्राउ पर्न नसकेको पीडित श्रेष्ठ परिवारका सदस्यहरुले बताउने गरेका छन् ।
गएको फागुन ३० गते गृहजिल्ला ओखलढुंगामा भएको एक सार्वजनिक कार्यक्रममा अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्ने ढुंगेलले अभिव्यक्ति दिएका थिए । त्यसपछि अभिवक्ता दिनेश त्रिपाठीले ढुंगेलविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

गएको चैत ३१ गते उक्त मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलाशले सात दिनभित्र ढुंगेललाई पक्राउ गरी त्यसको जानकारी सर्वाेच्च अदालतमा गराउन प्रहरी महानिरीक्षकको नाउँमा वारेन्ट जारी गरेको थियो । साथै सर्वोच्च अदालतले ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको थियो ।

अदालतको फैसलाको अवज्ञा र अनादर भाषण गरिहिड्ने कार्य स्वीकार्य नहुने भन्दै सर्वोच्चको उक्त आदेशमा भनिएको छ, ‘अदालतबाट सजाय पाएका व्यक्ति फैसला मान्दिनँ, खारेज गर्छु भन्ने र फैसला कार्यान्वयन गर्ने तथा न्यायपालिकाको नेतृत्व गर्ने न्यायाधीश तथा प्रधानन्यायाधीशप्रति अमर्यादित, आपत्तिजनक र भौतिक आक्रमण जस्ता धम्की दिने र कानुन कार्यान्वयन गर्नु पर्ने निकायहरु मुखदर्शक बन्ने स्थिति हरेक मुलुकमा अदालत रहनु वा नरहनुको कुनै अर्थ रहँदैन ।’

मिडिया एनपीका अनुसार अदालतको उक्त आदेश सरकारबाट पालना भएको देखिएन । हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् । सर्वाेच्च अदालतको उक्त आदेश दिएको साढे तीन महिना पुगिसकेको छ । हाल माओवादीकै नेता जनार्दन शर्मा गृहमन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...