राजस्व छलीका अभियुक्त चुडामणि अख्तियार बाट प्रहरीको हिरासतमा किन सरुवा गरिए?



हाम्रो इकोनोमि

कर फर्छ्यौट आयोगमार्फत कर मिनाहा दिइएको अभियोगमा खेपेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई न्यायीक हिरासतमा राख्न सर्वोच्च अदालतले निर्देशन दिएको छ ।

सर्वोच्चको फैसलासँगै शर्मा अब प्रहरीको हिरासतमा रहने छन् । राजश्व अनियमितताको आरोपमा अख्तियारले शर्मालाई गत जेठ १९ गते समातेको थियो । उनी माथी २१ अर्ब भन्दा बढी अपचलन गरेको आरोप लागेको छ।

न्यायधीशहरू केदारप्रसाद चालिसे, दिपकराज जोशी, शारदाप्रसाद घिमिरे, दिपक कुमार कार्की, र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले उक्त आदेश दिएको हो । शर्माकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चले यस्तो आदेश दिएको हो । अब शर्माको बास प्रहरी हिरासतमा हुने छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...