निर्वाचन आयोगको खर्चमा क-कसले पुर्याए घरमा कुखुराका फिला ,मिडिया बिरुद्द किन खनिइन आयुक्त इला



हाम्रो इकोनोमि

गाडी किन्न रोकेका सचिबलाइ निर्वाचन आयोगबाट लखेट्न सफल भएकी आयुक्त इला शर्माले मिडिया माथी हमला गर्न थालेकी छिन। सचिब गोपीनाथ मैनाली लाइ चुनाबको मुखैमा सरुवा गराएर ताण्डब देखाएको आयोगले आज अर्को ताण्डब देखाएको छ। निर्वाचन आयोगमा आउने खाजा लाइ गुटु मुटु पारेका चिकेन चिल्ली र कुखुराला साप्रा घर सम्म पुर्याउने इला र प्रमुख आयुक्त अयोधी प्रसाद यादबले सिंगो आयोगलाई आफु संग इगो भएकालाइ सिध्याउन प्रयोग गर्न थालेको तथ्य बाहिरिएको छ।

निर्वाचन आयोगले समाचार छापेको विषयलाई लिएर एक साप्ताहिकलाई कारबाही प्रकृया अगाडि बढाएको छ । सोमबार एक विज्ञप्ति जारि गर्दै आयोगले देशान्तर साप्ताहिकका सम्पादकलाई सप्रमाण ३ दिन भित्र आयोगमा अपस्थित हुन भनेको छ ।

विज्ञप्तिमा भनिएको छ । “आयोगलाई लक्षित गरी देशान्तर साप्ताहिक पत्रिकामा प्रकाशित दुराशययुक्त एवम् मिथ्या समाचारका विषयमा देशान्तर साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई तथ्य प्रमाण सहित ३ (तीन) दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारवाही हुन प्रेस काउन्सील नेपालमा लेखी पठाउने तथा सोको जानकारी सूचना तथा सञ्चार मन्त्रालयलाई समेत दिने ।”

उक्त पत्रिकाले साउन ८ गतेको अकंमा “निर्वाचन आयोगमा मामाको धनमा फुपुको श्राद्ध” तथा साउन १५ गते “निर्वाचन आयोगलाई १८ अर्ब सक्नु पर्ने ?” शीर्षकमा समाचार प्रकाशित गरेको थियो । हुन् पनि आयोगमा अनियमितता अचाक्ली बढेको त्यहीका कर्मचारीले बताएका छन।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...