पूर्वराजा ज्ञानेन्द्रका सहायक मन्त्री पनि देउवाको क्याबिनेटमा, ठुला नेतालाई पराजित गर्ने को-को भए मन्त्री?



हाम्रो इकोनोमि

ठुला भनिएका पार्टीका उच्च ओहोदामा रहेकालाई चुनाबमा पराजित गर्ने हरु धमाधम मन्त्री बनेका छन्।पंचायत देखि गणतन्त्र सम्म १८ पटक मन्त्री बनेका शरद सिंह भण्डारीलाई ७० को दोश्रो संबिधानसभाको चुनाबमा पराजित गरेका गिरिराज मणि पोखरेल तेस्रो पटक स्वास्थमन्त्री बनेका छन।त्यस्तै प्रचण्ड लाई पराजित गरेका काठमाडौँ १० का राजन केसी पहिलो पटक मन्त्री बनेका छन। युवा तथा खेलकुद मन्त्री बनेका केसीले प्रचण्डलाई भारी मतले हराएका थिए। एमालेका सचिब योगेश भट्टराईलाई  दोश्रो संबिधान सभाको चुनाबमा पराजित गरेका भीमसेन दास प्रधान पनि देउवा सरकारका रक्षा मन्त्री बनेका छन। त्यस्तै संचार मन्त्री बनेका मोहन बस्नेतले पनि एमालेका प्रभाबशाली नेतालाई पराजित गरेका थिए। उता पूर्वराजा ज्ञानेन्द्रको शासनकालका सहायक मन्त्री गोपाल दहित पनि भुमि सुधार मन्त्रीका रुपमा नियुक्त भएका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...