देउवाको गोजी बाट आयो यादबको नाम,काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो
नेपाली कांग्रेसले सरकारमा सामेल हुने नयाँ मन्त्रीहरुको लागि जिम्मेवारी समेत तोकिसकेको छ ।
नयाँ सञ्चारमन्त्रीका रुपमा नेपाली कांग्रेसका सांसद मोहन बस्नेत नियुक्त भएका छन् । त्यस्तै रक्षामन्त्रीका रुपमा नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदास प्रधान नियुक्त भएका छन् । त्यस्तै राजन केसीलाई खेलकुद, यज्ञ थापालाई कानून, सञ्जय गौतमलाई सिँचाई र रामकृष्ण यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिईएको छ । देउवाबाट मन्त्री भएका चार जनालाई पनि मन्त्रालयको टुँगो लागिसकेको छ । बीर बहादुर बलायरलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तै खनेपानी तथा सरफाई मन्त्रीमा महेन्द्र यादव, वाणिज्यमा मिन विश्वकर्मा, अम्बिका बस्नेतलाई गरिवी निवारण तथा सहकारी मन्त्रीको जिम्मेवारी दिईएको छ । पौडेल गुटले जनकपुरका रामकृष्ण यादब लाई मन्त्री बनाए पछि बिमलेन्द्र निधीको दबाबमा महेन्द्र यादबको नाम थपिएको हो।