गोर्खाल्याण्डलाइ ३०औ राज्य बनाउन सिक्किमे उर्लिए, गोर्खाल्याण्ड बाहेकमा सम्झौता गरे नेताको ठाउको काट्ने भन्दै को-को कुर्लिए?



हाम्रो इकोनोमि

गोर्खाल्याण्ड भारतको ३० औं राज्यको रूपमा गठन गरिनुपर्ने माग गर्दै सिक्किम बाट चिठ्टी आन्दोलन शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर पठाइएको पत्रमा अबिलम्ब गोर्खाल्याण्ड घोषणा गरिनुपर्ने माग गरिएको छ।
सिक्किमको राजधानी गान्तोकमा प्रधानमन्त्रीको नाममा पोस्टकार्डमा गोर्खाल्याण्डको माग गर्दै पत्रचार गरिने अभियान थालिएको हो । पहिलो दिन २०० बढीले पत्रचार गरेका छन्। यसका साथै सबैले निरन्तररूपमा पत्रचार गरिदिने आग्रह पनि चिट्ठी आन्दोलनका सहजकर्ता प्रवीण खालिङले बताएका छन्। पत्राचारमा अधिवक्ता, शिक्षक, सरकारी कर्मचारी, विद्यार्थी र आम जनताको उल्लेख्य सहभागिता रहेको छ।आज पनि सो क्रमले तिब्रता पाएको छ।

यता केही दिन अगाडी मात्रै गोर्खाल्यान्डका लागि सिभिक पुलिसको काम छोडेका पुलिस उज्जवल लिम्बुले यसपाली पनि दार्जीलिङ पहाडका नेताहरुले गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गरे पहाडका नेताले जनताको शिकार गर्ने उदघोष गरेका छन। अहिले उनी गोर्खाल्यान्डको आन्दोलनमा सडकमा ओर्लिरहेका छन् । ८६ को गोर्खाल्यान्डको आन्दोलनमा मेरो पिताको हातमा पुलिसको गोली लागेको थियो अब यसपालीको आन्दोलनमा म आफ्नो छात्ती थाप्न तयार छु ,उनी भन्छन। यो आन्दोलन ठेकेदार जन्माउने आन्दोलन हुनुहुँदैन, यो आन्दोलनले गोर्खाल्यान्ड नै ल्याउनुपर्छ । यसैले पहाडका नेताहरुले पनि गोर्खाल्यान्डको साटो अन्य व्यवस्थामा सम्झौता गरे जनताले यसपाली अवश्यै नेताको शिकार गर्नेछन् ।

 

उता केन्द्रीय गृह राज्य मन्त्री हंसराज गङ्गाराम अहिरले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा भइरहेको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई हेर्ने कुनै समिति बनाउने प्रस्ताव नरहेको बताएका छन्। आज लोकसभामा प्रश्नको जवाफ दिँदै मन्त्री अहिरले गोर्खा र आदिवासीको छुट्टै राज्यको मागबारे कुनै समिति नियुक्त गर्ने प्रस्ताव नरहेको बताएका छन्। उनले कानुन व्यवस्था हेर्ने काम राज्य सरकारको रहेको र राज्य सरकारकै मागमा केन्द्र सरकारले केन्द्रिय सशस्त्र पुलिस बल (सीएपिएफ) पठाएको बताएका छ। उनले जनसम्पत्ती नाश भएरको र हिंसा भइरहेको पनि सदनमा बताए।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...