चीन र भारतको लफडाले तर्सियो एमाले,एमाले सांसदले के भने संसदमा



हाम्रो इकोनोमि

नेपालका छिमेकी भारत र चीनबीच बढ्दो तनावबारे नेपालको साझा धारणा हुनु पर्ने संसदमा जोडदार तवरले कुरा उठेको छ। छिमेकी दुई देशबीच स्थिति भड्किने देखिएको भन्दै चीन र भारतका मिडियाको कभरेज हेर्दा द्वन्द्व भड्किने अवस्था देखिएको नेकपा एमालेका सांसद युवराज ज्ञवालीले बताए। उनले यस्तै भईरहे नेपाललाई समेत असर पर्ने भएकाले चासो ब्यक्त गर्नु पर्ने र एकै धारणा बनाउनु पर्नेमा उनको जोड थियो।

सोमबार संसदमा ज्ञवालीले भनेका कुरा जस्ताको त्यस्तै

विश्वको ध्यान तानेको भारत-चीन तनावको विषयमा नेपालका तर्फबाट हामी केही बोलेका छैनाैं। चारैतिर दुई देशबाट हामी घेरिएका छाैं। दुई देशबीच झडप भयो भने त्यसको सोझो असर हामीलाई पर्छ। चीन र भारतबीच युद्ध भयो भने त्यो १९६२ को युद्धभन्दा ठूलो युद्ध हुने र ठूलो क्षति हुने स्थिति देखिन्छ। यस्तो बेलामा हामीले केही भुमिका खेल्नु पर्दैन?

अमेरिकाले पनि बोल्यो। शान्तिपूर्ण र संयम हुन अमेरिकाले दुबै देशलाई आग्रह गरेको छ। नेपाल सरकार र जिम्मेवार पार्टीहरू बसेर यसबारेमा साझा धारणा बनाउन जरूरी छ। १९६२ भन्दा हामी शक्तिशाली भएका छाैं भन्दै भारतले युद्धको सामना गर्ने भनेको छ। चीन पनि १९६२ को अवस्थामा हामी छैनाैं लज्जाजनक अवस्थाका लागि तयार भएर बस भनेर भारतलाई धम्कि दिएको छ।

दोक्लाङ क्षेत्रमा विवाद बढ्दो छ। भुटानसँगको त्यो सीमा क्षेत्रमा चीनले बाटो निर्माण गरेकोले भारतले त्यो सैह्य नहुने बताएको छ। सीमामा भारत र चीनका सेना तैनाथ भएका छन्। यसले युद्धको संकेत गरिरहेको छ।

छिमेकी हुनुको नाताले हामीले पनि चीन र भारलाई संयम हुन आग्रह गर्नु पर्छ। नेपाल बुद्धको भुमी भएकोले पनि हामी चुप बस्ने, मुक दर्शक भएर बस्न मिल्दैन। हामीले शान्तिपूर्ण वातावरण बनाउनका लागि भुमिका खेल्नु पर्छ। समयमै यसबारे हामी सबैको ध्यान जाअोस्। स्थिति भड्कियो भने अपूरणीय क्षति हुन सक्छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...