अन्तर्घात गर्नेलाइ देउवाले सोत्तर पार्न यस्तो निर्णय सुनाए



हाम्रो इकोनोमि

पहिलो र दोश्रो चरणको चुनाबमा सोचे अनुरुपको नतिजा आउनमा अन्तरघात प्रमुख कारण रहेको ठहर गरेका कांग्रेस सभापति शेर बहादुर देउवाले अन्तरघात गर्ने लाई कारबाही गर्ने निर्णय सुनाएका छन। नेपाली काँग्रेसले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्नेगरी आवश्यक तयारी सुरु गरेको छ। नेपाली काँग्रेसले बिहीबार काठमाडौंमा प्रदेश नम्बर २ को प्रादेशिक भेला आयोजना गरी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीको काम अघि बढाएको हो।

भेलामा बोल्दै प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर २ मा काँग्रेसले चुनाव जित्नैपर्ने बताए। उनले चुनावमा अन्तरघात गर्नेहरुलाई पार्टीबाटै निस्काशन गर्ने चेतावनी दिए। प्रधानमन्त्री देउवाले स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा अन्तरगत भएकै कारण काँग्रेसले हार व्यहोर्नु परेको उल्लेख गर्दै तेस्रो चरणको निर्वाचनमा पनि अन्तरघात भए उनीहरु पार्टीबाटै निष्काशित हुने चेतावनी दिए।

उम्मेदवारी दिन ढिलाई भएको र अन्तरघात भएका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेसले हार व्यहोर्नुपरेको प्रधानमन्त्री देउवाको विश्लेषण छ।उनले पार्टीलाई निर्वाचनमा हुने हारबाट जोगाउन पनि अन्तरघात गर्नेहरुलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नरहेको जनाए। प्रधानमन्त्री देउवाले प्रजातन्त्र, गणतन्त्र र संघीयताको भविष्यका लागि पनि काँग्रेसले चुनाव जित्नैपर्ने दावी जिकिर गरे।कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशका जनता काँग्रेसको पक्षमा रहेको दावी गरे। उनले काँग्रेस, मधेश र लोकतन्त्र एक अर्काका परिपुरक भएको दावी गर्दै मधेशका जनताको हितका लागि पनि प्रदेश नम्बर २ को चुनाव आफनो पार्टीले जित्नुपर्ने दाबी गरे।
काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने आधार भएको बताए। उनले प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन पार्टीको प्रतिष्ठासँगै जोडिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...