रेमिट्यान्समा भरपर्ने राष्ट्रमा नेपाल पहिलो,कहाँ बाट कति भित्रिन्छ ?



हाम्रो इकोनोमि

नेपाल रेमिट्यान्समा भरपर्ने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको देखाएको छ ।संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित एक अन्तर्राष्ट्रिय प्रतिवेदनले सो कुरा देखाएको हो। नेपालबाट दैनिक १२ सयको हाराहारीमा युवाहरू रोजगारीको खोजीमा भारत, मलेसिया, खाडी र अन्य विकसित देश जाने गरेका छन् ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी) का अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको करिब ३२.७ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत नेपाल भित्रिने गरेको छ । नेपालमा वार्षिक साढे ६ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिन्छ । सबैभन्दा बढी रेमिट्यान्स भित्राउनेमा भारत पहिलो स्थानमा देखिएको छ ।

सन् २०१६ मा ६३ बिलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स भारतमा भित्रिएको छ । यसभन्दा अघिसम्म चीन सबैभन्दा बढी रेमिट्यान्स भित्राउने राष्ट्रभित्र पर्ने गरेको थियो । सन् २०१६ मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश चीन दोस्रो स्थानमा थियो । ६१ बिलियन अमेरिकी डलर बराबरको रकम रेमिट्यान्स चीन भित्रिएको थियो । सन् २०१५ मा चीनले ३८.५ बिलियन रकम रेमिट्यान्स व्यापार र अन्य क्षेत्रमार्फत भित्र्याएको थियो भने भारतले ३७.२ बिलियन भित्र्याएको थियो ।

उक्त प्रतिवेदनअनुसार लाइबेरिया रेमिट्यान्समा भरपर्ने देशको दोस्रो नम्बरमा छ । लाइबेरियामा कुल गार्हस्थ उत्पादनको ३१ प्रतिशत बराबरको रकम रेमिट्यान्सबाट भित्रिएको अध्ययनले देखाएको छ । त्यस्तै ताजिकिस्तानले कुल गार्हस्थ उत्पादनको २९, किर्गिस्तानले २६ र हाइटीले २५ प्रतिशत बराबरको रेमिट्यान्समार्फत भित्राउनने गरेका छन् ।

रेमिट्यान्स भित्राउनेमा तेस्रो राष्ट्रमा भने फिलिपिन्स रहेको छ, जसले गत वर्ष २९.९ बिलियन अमेरिकी डलर भित्राएको छ । चौथोमा मेक्सीकोले २८.५ बिलियन र पाकिस्तानले १९.८ बिलियन अमेरकी डलर बराबर रकम भित्रायाएका छन् ।

भविष्यमा यो दर बढ्ने र रोजगारीका लागि काम गर्न गएका कामदारको परिवारको भविष्य रेमिट्यान्सका कारण राम्रो भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार २०१६ मा विश्वभरबाट रेमिट्यान्सका रूपमा पठाइएको रकम कुल ४ सय ४५ बिलियन (४ हजार ५ सय अर्ब रुपैयाँ) अमेरिकी डलर छ । करिब १० वर्षमा रेमिट्यान्समा ५१ प्रतिशले वृद्धि भएको छ ।

सन् २०१८ मा करिब ५ बिलियन अमेरिकी डलर बराबरको रकम बढ्ने प्रतिवेदनमा उल्लेख छ । हाल विदेशमा काम गर्ने २ सय मिलियन कामदारले ८ सय मिलियन परिवारको हेरचाह गरिरहेका छन् । एउटा कामदारको आम्दानीले करिब ६० प्रतिशत हिस्सा ओगट्छ, जसले उनीहरूको दैनिक जीवनयापानमा परिवर्तन आएको छ ।

२ खर्बभन्दा बढी अवैध च्यानलबाट

हाल नेपालमा वार्षिक करिब ७ खर्ब रेमिट्यान्स वैधानिक रूपमा भित्रिए पनि करिब २ खर्ब १० अर्ब रुपैयाँ अवैधरूपमा भित्रिने गरेको छ । यस वर्ष ६ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स वैधानिक बाटोबाट भित्रिएको छ । असार सकिँदासम्म यस्तो रकम ६ खर्ब ९० अर्ब रुपैयाँ हाराहारीमा पुग्ने राष्ट्र बैंकको विप्रेशण विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारले सबै रेमिट्यान्स वैधानिक बाटोबाट पठाएमा यो आँकडा ९ खर्ब पुग्ने अर्थविद्ले जनाएका छन् । रेमिट्यान्स कम्पनी सञ्चालकका अनुसार कुलमध्ये ३३.६ प्रतिशत रेमिट्यान्स अवैध बाटो अर्थात् हुण्डीबाट भित्रिने गरेको छ ।

सरकारले हुण्डीलाई अवैध र असुरक्षित कारोबार माने पनि केही हुण्डीबाटै कारोबार गर्ने संख्या बढ्दो छ । राष्ट्र बैंकको अध्ययनले करिब ३३.६ प्रतिशत रकम अवैध बाटोबाटै आउने गरेको देखाएको छ । दक्षिण कोरियाबाट भित्रने कुल रकममध्ये ९० प्रतिशत रकम हुण्डीबाटै भित्रिने गरेको छ । त्यस्तै मलेसिया, यूएई, ओमन, साइप्रस, कुवेत र बलेजियमबाट पनि अवैध बाटो भएर रेमिट्यान्स नेपाल भित्रिने गरेको छ । ती देशमा सरकारले बैंकिंग सेवा पुर्याउन नसक्दा कामदारले बाध्य भएर अवैध बाटोबाट रकम नेपाल पठाउने गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...