प्रधानन्यायाधीशको सम्मान चूडामणिलाई ! स्वागतका लागी बसेका कर्मचारी यसरी झुक्किए



हाम्रो इकोनोमि

सर्वोच्च अदालत परिसरमा सोमबार सबै जसो कर्मचारी हातमा फूल माला लिएर मुख्य प्रवेशद्धार अगाडि लामबद्ध थिए । केही क्षणमा देशको सर्वोच्च न्यायिक निकायले आफ्नो २७ औँ प्रमुख अर्थात प्रधानन्यायाधीशलाई कार्यलयमा स्वागत गर्दै थियो । त्यसैले सबै तहका कर्मचारी चर्को घामका बाबजुत पनि लाममा लागेका थिए ।

अदालतलाई प्राप्त पूर्व सूचनामा राष्ट्रपति कार्यलयमा शपथ सकेर कार्यभार सम्हाल्न नवनियुक्त प्रधानन्यायाधीश रामशाहपथतर्फ निस्किसकेका थिए । सबै कर्मचारी अदालतको मुख्य प्रवेशद्धारबाट नवनियुक्त प्रधानन्यायाधीशको सवारी कति बेला आउला भन्दै हेर्दै थिए ।

एउटा गाडी फुत्त अदालत परिसरमा छि-यो । सबैजना प्रधानन्यायाधीश आए झै गरी झसङ्ग भएर गाडी तिर हेरे तर गाडीबाट निश्किए चूडामणि शर्मा । प्रधानन्यायाधीशको स्वागतमा बसेका अदालतका कर्मचारीहरुमा एकाएक हाँसोको फोहरा छुट्यो तर कसैले केही बोलेनन् ।

भ्रष्ट्राचार अभियोगमा अख्तियारको हिरासतमा रहेका चूडामणि शर्मालाई बन्दी प्रत्यक्षीकरण पेसी बहसकालागि अख्तियार टोलीले सोमवार अदालत पु-याएको थियो । तर संयोगले नयाँ प्रधानन्यायाधीश कुरी रहेका बेलामा शर्मा लिएर अख्तियार सर्वोच्च पुगेको थियो ।

अख्तियार हिरासतमा दुर्व्यवहार भएको भन्दै चूडामणि शर्मा पत्नी कल्पना शर्मा उप्रेतीद्धारा दायर बन्दीप्रत्यक्षीकरण रिटको आज सर्वोच्चमा पेशी बहस तोकिएको थियो । न्यायाधीशद्वय चोलेन्द्र शम्शेर ज.ब.रा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशमा बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...