२१ अर्बको काण्डमा आफु टक्टकिदै महतले कसलाई भने कालो? आयोगलाइ महतले किन बनाए भ्रष्टको जालो ?



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फर्छोट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी गरेका छन् । तर उनैले कर फर्छोट आयोग बनाउदा भ्रस्टहरुको जालो बनाएको अर्थ मन्त्रालयका एक सह सचिबले केहि दिन पहिले बताएका थिए।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अकरु के हुन्छ ? आफ्नो भाषा अनुसार अरुलाई जज गर्नुहुँदैन्।’ महतले आफू त्यस्तो प्रकृतिको मान्छे नभएको समेत स्पष्टोक्ति दिए । उनले भने,‘मलाई लगाईएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाईएको आरोपको म जहाँसुकै गएर भएपनि फेस गर्न तयार छु।’

उनले उक्त विषय अदालतमा पुगिसकेकोले आफूले त्यसबारेमा कुनै प्रतिक्रिया या टिप्प्णी नगर्ने जनाए । यद्वपी उनले कर फर्छोट आयोग गठन, भ्याट कानून अन्र्तर्गत नयाँ आधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको जनाए ।
‘‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा हामीले अर्थात म अर्थमन्त्री र कांग्रेसको सरकार हुँदा अहिले ७ सय अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए संभव हुन्थ्यो र ?’ महतले भने,‘त्यतिकै मिथ्यामा आरोप लगाएर हुन्छ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु।’

त्यस्तै डा. महतले जनतालाई छिटो सेवा प्रवाह गर्नको लागि मन्त्रिमण्डल चाँडो विस्तार गर्नुपर्ने धारणा राखे । उनले भने,‘सर्भिस डेलिभरी चाँडो हुनुपर्छ, हुन त अहिलेको सरकार कांग्रेस एक्लैको होईन, केही ढिलाई भएको छ, अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नुहुँदैन्।’

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...