एमालेको स्थायी समिती बैठकमा ओलीले केक काटे, बालकोटमा एमालेजनले बिजयको खुशी यसरी साटे



हाम्रो इकोनोमि

हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । तर एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा साउने संक्रान्ति सहितको गजबको खुसियाली मनाईएको छ।
एमालेका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा त्यसरी फरक प्रकारले खुसियाली साटासाट गरेका छन् । सरकारी पक्षपात, सत्ताधारी गठबन्धन र देशी–विदेशी हर्कतका बावजुद दुबै चरणका स्थानीय निर्वाचनमा एमाले पहिलो भएपछि नेताहरुले केक काटेर उधुम पाराले खुसियाली साटेका हुन्।

यसै बीच नेकपा एमाले स्थायी समितिको बैठक पनि अहिले ओली निवासमै बसिरहेको छ । बैठकमा चुनावी समिक्षा, प्रदेश नम्बर २ मा हुने चुनाव र संविधान संसोधनका विषयमा छलफल भैरहेको छ । बैठकमा मधेसमा एमालेप्रतिको भ्रम चिर्न कसरी अगाडी बढ्ने भन्नेमा छलफल हुने एमाले कार्यालयका सचिव कृष्णगोापाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राजपा नेपालसँग छलफल गरेर संविधान संसोधनका विषयमा पनि कुराकानी अगाडी बढाउनेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...