दरवारमा प्रजातन्त्र बुझाएका देउवाले फेरी गर्दैछन यस्तो उपद्रो !



हाम्रो इकोनोमि

जब शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन,तब ब्यबस्था परिबर्तन हुने प्रकारका कदम चाल्छन । पावरमा छँदा अनेक गर्ने उनले दरबारमा किस्तीमा राखेर प्रजातन्त्र बुझाए,त्यो बाहेकका अनेक काम उनै देउवा प्रधानमन्त्री हुँदा तमाम भएका नजिर बग्रेल्ती छन्। उनै देउवा अहिले फेरि प्रधानमन्त्री बनेका छन् र अर्को रमिता देखाउने हर्कतमा होमिएका छन् ।

देउवाले पुरानो २ सय ४० निर्वाचन क्षेत्रमा सहमति खोज्न आन्तरिक गृहकार्य जारी राखेका छन् । एमालेलाई मान्न तयार रहेको भन्दै माओवादी केन्द्रलाई मनाउने जिम्मा फोरक लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारलाई दिएका छन् कांग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । तर देउवा २ सय ४० निर्वाचन क्षेत्र कायम राखेर निर्वाचन गराउने पक्षमा छन् । केहिदिन अघीको गोप्य छलफलमा संघिय मामिला तथा स्थानिय विकास मन्त्री तथा लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले २४० मा नै जानुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा प्रधानमन्त्री देउवाले एमाले मान्न तयार रहेको तर माओवादीलाई मनाउन गच्छदारलाई नै जिम्मा दिएका थिए । निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुको साटो प्रधानमन्त्री देउवाले केही दिनदेखि राजनीतिक दलहरुका वार्तामा २ सय ४० निर्वाचन क्षेत्र नै कायम गर्नुपर्ने प्रस्ताव उठाउंदै आएका छन् । यो प्रस्ताबलाइ पारित गराउन सके राजपाले अरु निहु नखोज्ने भए पछी पनि देउवा हौसिएको बतान्छ ।

२ सय ४० निर्वाचन क्षेत्र नै कायम गरिए त्यही अनुपातमा समानुपातिक सिट बढाउनुपर्ने भएकाले सांसदहरुको संख्या १२ सय ५९ पुग्न जान्छ ।यो भए संगै राज्यको अरबौ रुपिया खर्छ हुन्छ जुन राज्यको दोहन हो । संविधानमा संघीय संसदको तल्लो सदनमा १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी २ सय ७५ सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्री देउवालगतका केही नेताले २ सय ४० निर्वाचन क्षेत्र नै कायम राखेर जान सकिने प्रस्ताव ल्याएका हुन । कांग्रेस नेताहरुले भने प्रत्यक्ष चुनिएकाहरुलाई प्रतिनिधिसभामा राख्ने, बाँकीलाई राष्ट्रिय सभा लैजाने यस्तो प्रस्ताव ओलीबाटै आएको दाबी गरेका छन् ।
तर, माओवादी केन्द्र समानुपातिक सांसदलाई संघीय संसदको तल्लो सदनबाट हटाएर राष्ट्रिय सभामा मात्रै सिमित गर्ने पक्षमा छैन । आफु अनुकुल र चलखेल गर्न दिर्घकालसम्म सजिलो हुने गरि सबै दलले सोहि अनुपातमा निर्वाचन क्षेत्र कायम गराउन राजि बनेका छन् । र, नेपाल जस्तो सानो मुलुकमा १२५९ साम्सद बन्ने निश्चित प्राय छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...