पेट मिची मिची हँसाउने ओली, आफु पनि रोए अरुलाई पनि रुवाए



हाम्रो इकोनोमि

गृह जिल्ला झापामा अन्तर्घातका कारण सोचे अनुकुलको नतिजा नआउदा एमाले अध्यक्ष केपी ओली निराश हुनुका साथै आक्रोशमा आएका थिए। बिजय सभालाई सम्बोधन गर्ने क्रममा उनले आगो मात्र ओकलेनन,अन्तरघातीलाई कारबाही गरेरै देखाउने चेतावनी दिए। पछिल्ला केहि दिन यता ओली अलि बढी भाबुक बनेका छन्। तर हिजो एउटा कार्यक्रममा उही पाराले हँसाए,बैदेशिक रोजगार ब्यबसायीको रोहन गुरुङ नेतृत्वको प्यानलका पक्षमा भोट माग्दै ओलीले त्यहाको माहोल तताए पनि हिजोकै अर्को कार्यक्रममा ओलीको पहिचानले उति बिधी काम गरेन ।

औपचारिक वा अनौपचारिक कार्यक्रम । एमाले अध्यक्ष केपी ओलीले बोल्न थालेपछि वक्तव्य नटुंगिन्जेलसम्म हाँसोको फोहरा छुट्छ । यद्यपि, वुधबार त्यसो भएन । त्यसको ठिक विपरीत हाँसोको फोहरा छुट्ने ठाउँमा एकाएक सन्नाटा छारो । सबैका आँखा रसाए ।
वक्तव्य दिँदा अरुलाई कटाक्ष गर्न उखान टुक्का जोडिहाल्ने ओली वुधबार एक कार्यक्रममा निकै भावुक देखिए । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ सहाना प्रधानको स्मृति दिवसको अवसर पारी अखिल नेपाल महिला संघले वुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मनको गाँठो खोले ।ओलीले समसामयिक राजनीतिसँग गाँसेर महिला आन्दोलन र आन्दोलनको सफलताका विषयमा भावनात्मक मन्तव्य राख्न थालेपछि कार्यक्रमा सहभागि सबै भावुक हुन पुगे । ओलीले आफूले थालेका काम आफू जीवित हुँदै सफल नभए त्यसलाई पूरा गर्न आव्हान गरेपछि झन् सहभागिका आँखा रसाए । आखामा टिलपिल आशु निकालेका ओलीले सहभागीलाई पनि रुवाए पछी त्यहाको माहोल एकैछिन स्तब्ध भयो।

बोल्दै जाँदा ओलीले भने ‘मैले आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला ।’ ओलीले यति भनेपछि सहभागिको आँखामा चमक हरायो । सबैका आँखा रसाए । ओलीले पुष्पलाल श्रेष्ठ, साहना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारीसँग जोडेर भनाई राख्दै गए ।

ओलीले आफूले थालेका काम आफू जीवित हुँदै सफल नभए त्यसलाई पूरा गर्न आह्वान गर्दा सभाहलमा सान्नाटा छायो । सबै चुपचाप सुनिरहे । पुष्पलाल श्रेष्ठ, साहना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारीले थालेका काम उहाँहरु जीवित हुँदा सफल नभए पनि अहिले आएर सफल भएको स्मरण गर्दै ओलीले अहिले आफूले थालेको काम पनि अहिले नै पूरा नहुन सक्नेप्रति चिन्ता जनाए । बढी भावनामा बगेका ओलीले सबैलाई स्तब्ध बनाएका थिए। झापामा राम्रो नतिजा नआए पनि सिंगो एमालेका पक्षमा माहोल बनेको भन्दै अब हुने चुनाबमा पनि एमालेले नै बाजी मार्ने आशयका भाषण लाई ओलीले पछिल्ला दिनमा निरन्तरता दिन थालेका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...