खानेपानीका हाकिमलाई सचिबले मन्त्रालयमै यसरी दिए किक



हाम्रो इकोनोमि

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिब भीम उपाध्यायले आफ्नो कार्यकक्ष बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रबन्धकलाई आज कठालो समातेर निकलिदिएका छन।केयुकेएलमा भैरहेका अनियमितताहरु सार्वजनिक गरिरहेका सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका महाप्रबन्धक महेश भट्टराईको मानसिकता असन्तुलित देखिएकाले कार्यकक्षबाटै बाहिर निकाल्नु परेको सचिव उपाध्यायले स्पष्ट पारेका छन् ।

मन्त्रालयले महाप्रबन्धक भट्टराईलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएपछि उनी सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका थिए । तर सचिव उपाध्यायलाई गालीगलौज गर्न थालेपछि भट्टराईलाई कार्यकक्षबाटै निकालेको सचिव उपाध्यायले फेसबुकमा लेखेका छन् । ‘‘केयुकेएलमा अनेक गल्ति र अनियमितता गरेकोमा कार्यवाही हुने भएपछि केयुकेएलका महाप्रवन्धक महेश भट्टराइ सचिवको कार्यकक्षमा आक्रोशित हुदै झगडा गर्न आएका थिए । उनको मानसिकता असन्तुलित देखिएकोले तत्काल कार्यकक्षबाट बाहिरिन आदेश दिनु परेको थियो ।’, उपाध्यायले आफ्नो फेसबुकमा लेखेका छन् ।

उपत्यका बासीका धारामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रबन्धकलाई खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव उपाध्यायले जथाभावी बैठक राखेको, अनावश्यक रुपमा विदेश भ्रमणमा गएको, कानुन शाखामा कर्मचारी हुँदा हुँदै २ जना कानुनी सल्लाहकार भर्ना गरेको र थपस्वतन्त्र कानुन व्यावसायी भर्ना गरेको, खानेपानी वितरणमा अनियमितता गरेको, कर्मचारी नियुक्तीको फाइल अघि नबढाएको लगायतका आरोप सहित महाप्रबन्धक भट्टराईमाथी कारवाही गर्न लागेको जानकारी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...