निर्बाचन आयोगमा इलाको लीला,अयोधीले किन पठाए घरमा कुखुराका फीला?



हाम्रो इकोनोमि

काठमाडौँ/ गैरराजनीतिक एवं संवैधानिक निकायका रुपमा चिनिएको र रहेको निर्वाचन आयोग भित्र अनियमितताको भण्डार भेटिएको छ। हिजो
मात्र सरुवामा परेका गोपीनाथ मैनालीले त्यहाँ भित्रको सबै पोल खोलेका छन् । आफुले भाग नपाएर हो अथवा सरुवाको रनाहामा परेर हो उनले सबै पोल खोले पछि आयोग बिबादको भुमरीमा फसेको छ। बिलासी गाडी नपाएको झोंकमा निर्वाचन आयोगले आफ्ना सचिव गोपिनाथ मैनालीको सरुवा गरेको कुरा सतहमा आएपनि साना तिना कुराले झन् विवाद बढाएको छ।

सचिव मैनालीका अनुसार कागज किन्ने, मसी किन्ने, मतपत्र छाप्ने लगायत निर्वाचन प्रयोजनका लागि प्राप्त पैशाले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले विलासी गाडी किन्न दबाब दिएको बताए। तर आफूले असहमति जनाएपछि आफ्नो सरुवा भएको उनले दाबी गरे।हाल प्रमुख निर्वाचन आयुक्त यादवसँग तीन वटा गाडी, आयुक्त शर्मासँग दुई वटा गाडी छन् भने बाँकी आयुक्तसँग एक एक ओटा गाडी छन्।
आयुक्त इला शर्माले ११ वर्ष पुरानो गाडी भएका कारण त्यसलाई प्रतिस्थापन गर्न नयाँ गाडी किन्न लागिएको दावी गरिन्। तर, अहिलेको स्थानीय निकायको चुनाव सुरु हुनुअघि निर्वाचन प्रयोजनको लागि भन्दै भारतले चारवटा गाडी दिएको थियो। यसअघि २०६४ को निर्वाचनमा चारवटा गाडी किनिएको थियो। २०७० को निर्वाचनमा पनि भारतले आयोगलाई चारवटा गाडी दिएको थियो। हाल निर्वाचन आयोगको केन्द्रीय कार्यालयसँग ८६ वटा गाडी छन्। आयुक्त इला अनेक काण्ड मा मुछिदै आएकी पात्र हुन् ।

प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त शर्माले काठमाडौंमा आफ्नो घर हुँदाहुँदै पनि घरभाडा लिँदै आएका छन्। सो विषयमा पनि सचिव मैनालीले आपत्ति जनाएका थिए। यी सबै कुरा सचिव मैनालीले मुख्य सचिव डा. सोमलाल सुवेदीलाई जानकारी गराएका थिए। बिहीबारको मन्त्रिपरिषद बैठकमा समेत मुख्यसचिव सुवेदीले सो कुरा राखेका थिए। उनले बैठकमा तत्कालको लागि गाडी खरिद र सचिवको सरुवा गर्न नहुने धारण राखेका थिए। सरुवा भएका सचिव नै पुनः ल्याउनुपर्ने अडान पनि उनले राखेका थिए। तर प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गर्ने आयोगले भनेको कुरा मान्नुपर्ने बताएर सचिव मैनालीको सरुवा सदर गराएका थिए। कार्यालय प्रयोजनका लागि भन्दै दैनिक निकै फजुल खर्च भैरहेकोप्रति पनि आयोगमा झगडा उब्जिएको थियो। खाजा खर्चवापत हुने रकमको हिनामिना र घरपरिवार र नातागोतासम्मलाई आयोगको खर्चमा खानाखाजा पुग्ने गरेकोप्रति आयोग भित्रकै कर्मचारीले असहमति राख्दै आएका थिए। त्यसमध्येका मैनाली पनि एक हुन्।

प्रमुख निर्वाचन आयुक्त यादवले दैनिक खाजाबापत पाँच हजार रुपैयाँ लिने गरेको सचिव मैनालीले खुलासा गरे। एक जनाका लागि दैनिक पाँच हजारको खाजा खुवाउने विषयमा पनि सचिव मैनालीले असहमति राखेका थिए।
आयोग स्रोतका अनुसार प्रमुख आयुक्त यादवले चुनावी चटारो सुरु भएयता दैनिकजसो पाँच हजारको खाजा लिने र त्यो खाजा घरसम्म पठाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...