आगो बाल्न गएका राजपाका नेता रातारात किन फर्किए काठमाडौं ?



हाम्रो इकोनोमि

काठमाडौं /  आफै के गर्ने भन्ने दोधारमा रहेको राजपा प्रदेश नम्बर २ को चुनाब सारे संग झन् दोधारको अबस्थामा पुगेको छ। मधेशमा आगो बाल्ने भन्दै तराई पुगेका राजपाका नेताहरु रातारात राजधानी आइपुगेका छन् । दोस्रो चरणमा गर्ने तय भएको २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन सार्ने सरकारको निर्णयपछि आन्दोलनरत राष्ट्रिय जनता पार्टी अनिर्णित बनेको छ ।
राजपासँग नै विहीबार सिँहदरबारमा छलफल भइ सहमति भएअनुसार सरकारले प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय गरेको छ । तर राजपाले सरकारी निर्णयको स्वागत गर्नुको साटो बिरोध गरिरहेको छ । चुनाब सार्ने निर्णय पछि राजपाको हिजै बैठक बसेको थियो ।

 

सरकारको निर्णयपछि बसेको राजपाको बैठकले कुनै निर्णय निकाल्न सकेन । राजपाका अध्यक्ष मण्डलका तीन सदस्य राजधानी बाहिर भएकाले निर्णय हुन नसकेको सो पार्टीले जनाएको छ ।

सरकारको निर्णयपछि संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरसहित राजपा अध्यक्ष मण्डलका तीन सदस्यसहित तत्कालित तमलोपाको विजुली बजारस्थित कार्यालयमा बैठक बसेको थियो । पार्टीमा कुरा नमिलेपछि राजधानी बाहिर रहेका तीन सदस्यलाई काठमाडौं बोलाइएको छ ।

राजपा नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादव आन्दोलनको नेतृत्व गर्न मधेस गएका छन् । तीनै नेता रातारात काठमाडौँ आइपुगेका छन्, आज बैठक बसेर राजपाले निर्णय गर्दैछ।

राजपाले संविधान संशोधन हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या थप गरिनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई उपचार र क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गरिनुपर्ने, थुनामा रहेकालाई रिहाई गरिनुपर्नेलगायतका माग राखेको छ । प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणका गर्ने सरकारको निर्णय सकारात्मक भएको प्रतिक्रिया राजपा नेताहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...