थापाको सहयोगमा राजेन्द्र महतोले यसरी लिएका थिए नेपाली नागरिकता



हाम्रो इकोनोमि

काठमाडौं । भारतको सितामडी जिल्लामा कोहबरवा भन्ने गाउँ छ। त्यहि गाउँमा ६० बर्ष पहिले जन्मिएको त्यहाको नागरिक यतिबेला नेपालमा आतंक मचाउनमै ब्यस्त छ।त्यहि ठाउमा अहिले सम्म घर र प्रसस्त जमिन भएका राजेन्द्र महतो नेपाली भूमीमा रहेको सम्पती लाइ पनि भारतीय बनाउन दिनरात होमिइ रहेका छन्।

नेपाल-भारत सीमा बाट १५ किमीको दुरीमा रहेको कोहरवा गाउँमा भएको महतोको घर जग्गा उनका काका छोराहरुको जिम्मामा छ,कुत उठाउन र हेरचाह गर्न महतोले आफ्ना निजी सचिब समेत रहेका उपेन्द्रलाई त्यहाँ बारम्बार पठाउने गरेका छन्।

महतोका पिता खोभारी २१ साल असोजम व्यापार गर्ने शिलशिलामा नेपाल प्रवेश गरे। सर्लाहीको बयलबासमा धान चामलको व्यापार थियो उनको । भारतमा व्यापार तेजिलो नभए पछि नेपाल चिरेका राजेन्द्रका बाबुले मनग्गे कमाए । भारतमा जमिन जोडे,सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएरै बस्न थाले । बाबु संगै नेपाल आएका राजेन्द्र आफ्ना २ दाजु भाई संगै नेपालमै बाबुको ब्यापारमा सहयोग गर्थे ।

नागेश्वर मेहता र दौलातिया देबिकी छोरी शैलकुमारी संग बिबाह गरेका महतोको ससुराली भारतकै मारिया गाउमा हो,जुन गाउ उनको जन्मथलो नजिकै गाउ पनि हो । अहिले श्रीमती लाई साम्सद बनाएका महतो २०४७ सालसम्म कवाडी संचालक र बिमानस्थलमा सानोतिनो ठेकेदारी गरेर बस्थे। पैसाले सबै चिज किन्न सकिन्छ भन्ने बुझेका महतोले सुरुमा आफ्नो नेपाली नागरिकता बनाए र बाबुको बनाई दिए । भाई र दाजुको नेपाली नागरिकता पनि यी छट्टु महतोकै पहलमा बनेको यिनलाई नजिक बाट चिन्ने वकिल बताउछन ।

महतोको पुरानो नागरिकताको प्रतिलिपी फेला परेको बताउने एक मधेशी नेताका अनुसार राजेन्द्रले २०२८ साल पुसमा सर्लाही बाट नेपाली नागरिकता हत्याएका हुन् ।तत्कालीन जिविस सभापति अमर बहादुर थापाले महतोलाई नागरिकता दिलाउन भूमिका खेलेका थिए । द्वन्दका बेला कागजात नष्ट भएको प्रचार गरे पनि महतोको नागरिकताको अभिलेख मधेश आन्दोलनका बेला उनकै निर्देशनमा जलाएर नस्ट परिएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...