एनआरएन अध्यक्षमा चार प्रत्याशी, कुन पदमा क-कसले दिए उम्मेदवारी



हाम्रो इकोनोमि

 

 

गैरआवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय महासभा आजबाट काठमाडौंमा सुरू भएको छ । तीन दिन चल्ने महासभाले एनआरएनएको नयाँ कार्यसमिति अन्तर्राष्ट्रिय समन्वय परिषद को निर्वाचन गर्ने छ । जम्बो पदाधिकारी टीमसहित ७४ जनाको नयाँ नेतृत्वको चुनाव हुन लागेको हो । यसपटक अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका दुई अध्यक्ष डा. बद्री केसी रुस .र रुबिना थापा अमेरिका सहित महेशकुमार श्रेष्ठ जापान र राजेन्द्रकुमार आरके शर्मा कतार ले अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् । एनआरएनएको चुनावमा पार्टीगत हिसाबले प्यानल उम्मेदवारी परेको बुझिएको छ । अध्यक्षका चार प्रत्याशीमध्ये तीनजना नेपालका प्रमुख तीन दलनिकट हुन् । डा। केसी एमाले निकट मानिन्छन् । उनी हालका तीन अध्यक्षमध्ये कार्यकारी अधिकारयुक्त हुन् । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक(अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । महेश कांग्रेसनिकट हुन् । उनी हाल एनआरएनएको उपाध्यक्ष पदमा छन् । सन् २००२ देखि एनआरएनएमा आवद्ध श्रेष्ठले जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष हुँदै अघिल्लो महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । कांग्रेसबाट हालका महासचिव डा। केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका छन् ।

अर्का प्रत्याशी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेको चर्चा छ । उनी पनि बहालवाला उपाध्यक्ष हुन् । अध्यक्षका यी तीन प्रत्याशी अघिल्लो महाधिवेशनमा एउटै प्यानलमा थिए । १० औं महाधिवेशनमा डा। केसीको प्यानलमा श्रेष्ठ र शर्माले उपाध्यक्षमा उम्मेदवारी दिएर जितेका हुन् । अहिले उनीहरू तीनतिर बाँडिएका छन् । चौथो प्रत्याशीका रूपमा रहेकी रविना थापा हालकी अध्यक्ष हुन् । त्यसअघि उनी उपाध्यक्ष थिइन् । उनले पनि आफूलाई बलियो दावेदारका रूपमा अघि सारिरहेकी थिइन् । स्वतन्त्र विश्लेषकहरूले भने भिडन्त त्रिपक्षीय हुने प्रक्षेपण गरिरहेका छन् ।

एनआरएमा ६ खुल्लासहित ८ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव ७ सचिव, एक कोषाध्यक्ष, चार संयुक्त कोषाध्यक्षसहितको जम्बो पदाधिकारी टीमको व्यवस्था रहेको छ । ६ खुल्ला उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूमा डा। विनोद श्रेष्ठ, अभिमान सिंह बस्नेत, गणेश केसी, डा। हेमराज शर्मा लगायत छन् । एक महासचिवमा बुद्धिसागर सुबेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । दुई उपमहासचिवका लागि ५ जना तथा ६ सचिवका लागि १५ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै कोषाध्यक्षका लागि सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाको उम्मेदवारी छ । महाधिवेशनमा आउँदो २ गते नयाँ नेतृत्वको चुनाव हुने छ । पहिलोपटक एनआरएनमा फेसियल भेरिफिकेसनको माध्यमबाट अनलाइन भोटिङको व्यवस्था मिलाइएको छ । ५९ देशका चार हजार २२७ जनाले महाधिवेशनमा मतदान गर्नेछन् । एनआरएनएको सञ्जाल अहिले ८६ देशमा विस्तार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...