चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने



हाम्रो इकोनोमि

 

चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा नेपालीलाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार भएको हो ।

मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छ । तर यस सम्बन्धमा विस्तृतमा खुलाइएको छैन ।

केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको र नेपाल-चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

यसैगरी चिनियाँ पक्षले लिजी-नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि आवश्यक सुधार गर्ने सहमति पनि भएको छ । नेपाल-चीन सीमा व्यापारका परम्परागत नाकाहरु पुनः चाँडै खोल्न चीन सहमत भएको छ । चेन्ताङ-किमाथाङ्का र रिबु-ओलाङचुङगोला बन्दरगाहलाई खुलाउन सम्वाद जारी राख्न दुवै पक्ष सहमत भएका छन् ।

नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्गको मर्मतसम्भार आयोजनाको चौथो चरणको काम गर्न र स्याफ्रुबेसी-रसुवागढी राजमार्ग मर्मतको काम चाँडै गर्न पनि चीन सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...