टोपबहादुरले माओवादी छाडेकाले प्रतिशोध लिइयो : ओली



हाम्रो इकोनोमि

 

 

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले टोपबहादुर रायमाझीलाई प्रतिशोध साँधेको भन्दै अदालतको फैसला आओस् भनेर आफूले केही नबोलेको प्रतिक्रिया दिएका छन् । प्राइम टाइम टेलिभिजनमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले माओवादी पार्टी छाडेर एमालेमा लागेको प्रतिशोध रायमाझीमाथि प्रचण्ड र नारायणकाजी श्रेष्ठले लिएको बताए । ओलीले अदालतमा मुद्दा दर्ता भएकाले पार्टीले सचिवबाट निलम्बन गरेर सफाइको लागि मौका दिएको भन्दै सरकार आफ्ना मान्छेलाई जतिसुकै अपराध र तस्करी गरे पनि जोगाउने र सरकारको विरोध गर्नेलाई फसाउने काममा खुलेआम लागेको बताए । ओलीले भने– टोपबहादुर रायमाझीको दोष के हो  ?  हेलिकोप्टरमा फोटो खिच्दैमा दोषी हुन्छ ?  त्यसो हो भने त मसँग दिनमा एक सयदेखि दुई सय जनाले फोटो खिच्छन् । कार्यक्रममा फोटो खिच्छन् । फोटो खिच्ने मान्छेले गोदान गर्‍यो भने त्यसको पुण्य मैले पाउने हो  ? उसले बदमासी गरे म दोषी हुन्छु  ?  यो त टोपबहादुर रायमाझीले हिजो पार्टी छाडेकाले प्रतिशोध लिन गरिएको हो । नत्र साढे ९ किलो सुन प्रकरणमा २५४ पटक फोन गर्नेलाई बयान समेत नलिने सरकारले फोटो खिचेको आधारमा थुन्ने  ? सरकारको आलोचना गरेका कारण कांग्रेसको सांसद सुनिल शर्मालाई थुन्ने सरकारले क्वीन्टल सुन बोक्ने माओवादी नेताहरूलाई बयानसमेत लिएन । ओलीले अदालतमा गइसकेको विषय भएकाले मात्र रायमाझीको बारेमा आफूले मौनता साँधेको बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...