एमाले बागमती उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले बागमती प्रदेशको असोज ८ र ९ गते पहिलो अधिवेशन गर्दैछ । त्यो संगै विभिन्न पदमा उम्मेदवारीको घोषणा भैरहेको छ । चितवनका लोकप्रिय नेताको छवि बनाउन सफल दावा दोर्जे लामाको नाम पनि उपाध्यक्ष पदको लागि चर्चामा छ । उनी निकट कार्यकर्ताले सामाजिक संजाल मार्फत पार्टी नेतृत्वले उचित मूल्यांकन गरिनू पर्ने भन्दै सामाजिक संजालमा व्यापक चर्चा भै गरिरहेका छन् । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहदा उनले प्रदेशभरिका सबै नेता कार्यकर्ताहरू मात्र नभै जनमुखी उत्कृष्ट कार्यक्रम ल्याई लोकप्रिय नेताको रूपमा आफूलाई स्थापित गरेका हुन् । निरंकुश पंचायती व्यवस्था विरुद्ध २०४३ मा जनपक्षीय प्रधानपञ्च समेत भएका लामा विगत ४५ वर्षदेखि सक्रिय राजनीतिमा निरन्तर क्रियाशील रहदै आएका छन् । नेकपा हुँदा बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका लामा सरल र सादगी नेताको रूपमा चिनिन्छन् । एमाले बागमती प्रदेशको अधिवेशन असोज ८ गते भृकुटीमण्डमा उद्घाटन हुने छ । बन्द सत्र भने प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ । एमाले बागमती प्रदेशमा ४७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन् । अधिवेशनले ५३ प्रतिशतभन्दा बढी आकार घटाउने छ । अबको अधिवेशनले २५५ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...