एमाले महासचिव पोखरेलद्धारा नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्टयाएर स्वदेश फर्कनु भएको छ । संविधानसभाका अध्यक्ष एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महासचिव पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किनु भएको हो । महासचिव पोखरेल स्वदेश फर्कनसाथ पार्टी केन्द्रीय कार्यालय जानुभई उपाध्यक्ष नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । महासचिव पोखरेल बिमानस्थलबाट सिधै पार्टी कार्यालय जानुभएको हो । महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ। हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...