राष्ट्रपतिले संबिधान उलंघन गर्नुभयो : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले संबिघानको उलंघन गरेको बताउनु भएको छ । अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसंगै निष्क्रिय रहेको बिवादास्पद नागरिकता बिधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संबिधानको घोर उलंघन गर्नुभएको भट्टराईले बताउनु भएको हो ।

‘अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसंगै निष्क्रिय रहेको नागरिकता बिधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संबिधानको घोर उलंघन गर्नु भएको छ । यो काम सर्बभौम संसदमाथिको नांगो अतिक्रमण हो,’ भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘संबिधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संबिधानमाथि आक्रमण गर्नु चिन्ताको बिषय हो । प्रमाणीकरण सम्बन्धि बिज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ जबकी बिधेयक प्रमाणीकरणको बिषय संबिधानको को धारा ११३ अनुसार मात्र हुनसक्छ ।’

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन मृत बिद्येयक प्रमाणिकरणले गम्भीर आशंका जन्माएको पनि बताउनु भएको छ । ‘नेपालको नागरिकता ऐनलाई लिएर बिभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्रि पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएन र ?,’ भट्टराईले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...