रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति कार्यालयबाट गृहमन्त्रालयमा फिर्ता



 

 

सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले  गृहमन्त्रालयमा पठाएका छन् । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो । चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । उनले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
भारतले नेपाललाई बुझायो रक्सौल-काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट

    भारतले रक्सौल-काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल–भारतबीच सम्झौता

    पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ

बजेटमा प्रमुख प्रतिपक्षी दल एमालेका १७ बुँदे ध्यानाकर्षण

    सरकारले आगामी आर्थिक बर्षको लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी

पार्टी सभापति छाड्न देउवालाई गगनको आग्रह

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका