सर्वसाधारणलाई अर्थमन्त्रालयको ढोका बन्द



 

 

बजेट निर्माणको चटारोका बीच अर्थमन्त्रालयभित्र सर्वसाधारण प्रवेशमा बन्देज गरिएको छ । अर्थमन्त्रीको सचिवालयका एक कर्मचारीले सोमबारबाटै कर्मचारीबाहेकलाई छिर्न बन्देज लगाइएको जानकारी दिएका छन् । ती कर्मचारी भन्छन, आइतबारसम्म फाट्टफुट्ट सर्वसाधारण छिरेका थिए । अब भने छिर्न पाउँदैनन् ।’अर्थमन्त्रालयका प्रवक्ता धनीराम शर्मा बजेटको गोपनीयता कायम राख्न सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा रोक लगाइएको बताउँछन् । अहिले राजस्वका विषयमा छलफल भइरहेको छ । यसको संवेदनशीलताका कारण केही दिनलाई रोकिएको हो ।’

अर्थमन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट लेखन कार्य अन्तिम चरणमा पुर्‍याएको छ । बजेट लेखनको अन्तिम साता करका विषयमा छलफल हुने भएकाले कडाइ गरिएको हो । यद्यपि, करका दरमा भने अंकको विकल्प राखिएर छलफल हुने भएकाले यो वा त्यो कुन दर हुन्छ भन्ने छलफलमा सहभागीलाई नै थाहा नहुने पूर्वसचिव रामेश्वर खनाल बताउँछन् ।करका दरका विषयमा भने बजेट सार्वजनिक हुने दिन बिहान तीन/चार बजेसम्म मात्र टुंगो लाग्ने मन्त्रालयका एक अधिकारी बताउँछन् ।

गत वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट स्वार्थ समूहको चलखेल र असम्बन्धित व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको विषयले विवादित बनेको थियो । यस पटक त्यस्तो घटना नदोहोरियोस् भनेर सर्वसाधारणलाई जेठ १५ सम्म मन्त्रालय प्रवेशमा कडाइ गरिएको बजेट लेखन टीमका एक सदस्य बताउँछन् । यो पटक अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैको दबाब र प्रभावमा नपरी बजेट निर्माण गर्ने दाबी गर्दै आएका छन् । आगामी आर्थिक वर्षको लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको आकारभित्र रहेर बजेट निर्माण गर्न माग भने निकै बढी देखिएको छ । चालू खर्च कटौतीमा अर्थमन्त्री निर्मम हुनसक्ने सम्भावना न्यून देखिएको मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

     राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को

देउवा-माधवको गठबन्धनमा १३८ सीट पुर्‍यउने सहमती

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी

      भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान

शेरबहादुर देउवा र माधव नेपालबीच भेटवार्ता

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार