नेप्से ५१ अंकले बढ्यो, २ अर्ब २० करोडको कारोबार



 

 

घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार नेपाल बैंकर्स संघले पत्रकार सम्मेलन गर्दै तरलता थप सहज हुने र ब्याजदर उल्लेख्य रुपमा घट्ने देखिएको बताएपछि मंगलबार सेयर बजारमा हरियाली छाएको छ । गत साताको सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएर बन्द भएको नेप्से त्यसयता लगातार ६ कारोबार दिनसम्म बढेको छ । गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताको न्यून विन्दु १८०७.५३ सम्म झरेर १८१८.३१ अंकमा बन्द भएको थियो । त्यसपछिको ६ कारोबार दिन नेप्से लगातार बढ्दा नेप्से समग्रमा १२४.३२ अंकले वृद्धिभएको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ५१.३१ अंकले वृद्धि हुँदा १९४२.६३ अंकको विन्दुमा बन्द भएको छ । सेयर बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि २.७१ प्रतिशतले वृद्धि भएको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.०५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ४.०३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार नेप्सेमा ३८ हजार ७९६ वटा कारोबारमा ६० लाख ६७ हजार ४३२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब २० करोडको कारोबार भएको छ । मंगलबार नेप्सेमा करिब ३ महिना यताकै उच्च रकमको कारोबार भएको छ । यसअघि १४ फागुनमा २ अर्ब माथिको कारोबार भएको बजारमा त्यसपछि २ अर्ब माथिको कारोबार भएको थिएन ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधकि १० करोड ५ लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार प्राधिकरणको ८ करोड ९९ लाख र एनआईसी एशिया बैंकको ७ करोड २४ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २१९ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । २ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये कालिका लघुवित्त, खप्तड लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामुदायिक लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

सेयरमूल्य घट्ने २ कम्पनीमा आदर्श लघुवित्तको १.२३ प्रतिशत र किसान लघुवित्तको सेयरमूल्य ०.६८ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

    नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदै छ

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक,

विशेष पत्रकार सम्मेलन गर्दै एमाले

  नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय

एमालेको प्रतिनिधि परिषद् बैठकमा देउवालाई निम्तो

    नेकपा एमालेले भोलिबाट शुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका