भैरहवाबाट उडेको श्री एयरको जहाज रनवेमा फर्कियो



 

 

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि भैरहवामै फर्काइएको छ । सोमबार बिहान ९:४० मा चालक दलसहित ८१ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको ९ एनए एनई जहाज उडेको १० मिनेटमै फर्किएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरको इन्डिकेसनमा समस्या देखिएपछि भैरहवा नै फर्काएर अवतरण गराइएको जानकारी दिए।

भैरहवादेखि उडेको केही समयमै फर्काएर उक्त जहाजलाई सकुशल अवतरण गराइएको रावतले जानकारी दिए । जहाज उडेको निश्चित समयभित्र पांग्राहरू भित्र जानुपर्ने हुन्छ, श्री एयरलाइन्सको जहाजमा पांग्रा भित्र नगएपछि भैरहवामै फर्काएर सकुशल अवतरण गराइएको हो । अहिले सबै सामान्य अवस्थामा छ यात्रुहरू पनि सबै सकुशल हुनुहुन्छ,’ उनले भने ।

जहाजलाई आकस्मिक अवतरण गराइएकाले केही समय रन वे अवरूद्ध भएको भए पनि अहिले रनवे खाली गराइसकिएको रावतले बताए । आकस्मिक अवतरण गरेको जहाज केही समय रनवेमै रहँदा काठमाडौंबाट आएको यति एयरलाइन्सको जहाज काठमाडौं फर्किएको थियो । अहिले भने विमानस्थलको सबै अवस्था सामान्य भएको र जहाजहरूको नियमित उडान र अवतरण सुरू भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र १ करोड नगदसहित ७ जना पक्राउ

    उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १

व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई

डिडिसीले किसानलाई ४८ करोड भुक्तानी गर्‍यो

    दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

यसकारण मलाई गोदावरीमा निषेध गरियो : भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी