५४ तोला सुनसहित दुगड ग्रुपका लेखापाल पक्राउ



हाम्रो इकोनोमि

 

 

भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र ८ चाँदीसहित व्यापारिक घरना दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीले रानी नाकातर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भ्यानबाट बरामद सो सुनचाँदी बरामद गरेको हो । भ्यानमा दुगड ग्रुपका लेखापाल र उनकी श्रीमतीसँग सात लाख भारतीय रुपैयाँ समेत बरामद भएको छ । प्रहरीले पक्राउ गरेका विनोद कुमार मुरारका दुगड ग्रुपका लेखापाल हुन् । उनको घर भारतको विहार कटिहार हो । ६१ वर्षीय मुरारका सहित उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट सुनको ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ तोला, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, इयररिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीले १७ सय १९ ग्राम चाँदीको ११ थान ढिक्का, ९२.८० ग्राम बुनियाँ, २६८.३२ ग्रामको ७८ थान सिक्का बरामद गरेको छ । यस्तै चारमुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिँदुर राख्ने सिसी ५.४८ ग्रामको एक थान, थाल २४१४.०८ ग्रामको ६ थान, कचौरा ३९७.८४ ग्रामको ६ थान, चम्चा ३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, मड्की ३७.८८ ग्रामको एक थान, डिनरसेट ४ थान बरामद गरेको बाँस्तोलाले जानकारी दिए । प्रहरीले भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको रहेको छ । बरामद गरेको सुन, चाँदी र प्रतिवादीहरूलाई प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा आज बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...