विजेता खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय



 

 

एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
भारतले नेपाललाई बुझायो रक्सौल-काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट

    भारतले रक्सौल-काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल–भारतबीच सम्झौता

    पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ

बजेटमा प्रमुख प्रतिपक्षी दल एमालेका १७ बुँदे ध्यानाकर्षण

    सरकारले आगामी आर्थिक बर्षको लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी

पार्टी सभापति छाड्न देउवालाई गगनको आग्रह

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका