भाँडा किन्ने बहानामा पसलमा पसेका थिए निरा आचार्यको हत्यारा



हाम्रो इकोनोमि

 

 

सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो । प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ताजति अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए । घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा आचार्यको पसलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसएसपी दिनेश आचार्यले बताए ।

आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकालेर ल्याउने बहानामा पसलबाट निस्किएको उनले जानकारी दिए । पसलबाट निस्किएएर १०/१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए । उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहीँ लुगा फेरेर निस्किएको र  टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।

आचार्यका अनुसार विश्वकर्माले निरुले लगाएको करिब एक ताेलाकाे सिक्रीका साथै पसलको ड्रयरबाट ११/१२ सय रुपैयाँ लुटेका छन् । लुटेकाे सिक्री उनले सुन पसलमा बेच्न भ्याइसकेका थिए । प्रहरी उक्त सिक्री पनि फेला पारेकाे छ । विश्वकर्माले अपराध स्वीकार गरिसकेको आचार्यले जानकारी दिए । आफू ऋणमा रहेकाले पैसाकै लागि लुटपाट गरेको विश्वकर्माले बयान दिएका छन् । उनको घरमा श्रीमती हुँदाहुँदै अन्यत्र अफेयर रहेको पनि खुलेको छ । मृतक र उनको परिवारसँग विश्वकर्माको कुनै सम्बन्ध र चिनजान देखिएको छैन । उनी झापाबाट हत्याकै नियतले भने नआएको एसएसपी आचार्यले जानकारी दिए । हत्यामा लुटपाट भन्दा अर्काे उद्देश्य नभेटिएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...