डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी स्टाफ नर्स



 

 

 

काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन् ।  काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो । मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । एसपी रिजालका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन् । सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन् । ‘हिजो शव फेला परेको थियो । शव उठिसकेको छैन,’ एसपी रिजालले भने ।

मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन । उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ ।  उनीहरू दुबै जना अविवाहित हुन् । पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध थियो । सम्बन्ध बिग्रिएपछि पासो लगाएको उनले बताए ।  अहिले आफूहरू प्रहरी वृत्त बालाजुमा जम्मा भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
भारतले नेपाललाई बुझायो रक्सौल-काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट

    भारतले रक्सौल-काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल–भारतबीच सम्झौता

    पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ

बजेटमा प्रमुख प्रतिपक्षी दल एमालेका १७ बुँदे ध्यानाकर्षण

    सरकारले आगामी आर्थिक बर्षको लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी

पार्टी सभापति छाड्न देउवालाई गगनको आग्रह

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका