सेभ द चिल्ड्रेनको “साथी ”अभियान सुरु



हाम्रो इकोनोमि

 

 

वायु प्रदूषणबारे नेपालभर जनचेतना फैलाउने उद्देश्यसहित सेभ द चिल्ड्रेनले “साथी ”अभियान सुरु गरेको छ। विश्वमा नै नेपालको संघिय राजधानी काठमाडौं ज्यादै प्रदूषित शहरको सूचीमा सूचिकृत भएकाले पृथ्वी दिवसको अवसर पारेर सेभ द चिल्ड्रेनले जनचेतना फैलाउन यो अभियान सुरु गरेको हो । यस अभियानमा साथी अर्थात सेतो टेडि बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैल्याउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । अभियानलाइ अन्य संघसंस्था र बालबलिका तथा युवा अभियन्ताको पनि संलग्नता रहने जनाइएको छ ।

सेभ द चिल्ड्रेनकी राष्ट्रीय निर्देशक, हेदर क्याम्पबेलका अनुसार “साथी एयर बियर वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो । यसले बढ्दै गरेको प्रदुषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनु पर्छ भन्ने बारे झकझकाउने काम गर्छ । ६ महिनाको अवधिमा चार मिटर अग्लो सेतो भालु वा टेडि बियरलाई नेपालका विभिन्न क्षेत्रमा दि–गो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाईने सेभ द चिल्ड्रेनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...