रवि लामिछानेविरुद्धको सुनुवाइ आज हुँदै



 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा आज हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ तय भएको हो ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो । अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै उनले दायर गरेको मुद्दामा ‘लामिछाने नेपाली नागरिक नभएको’ फैसला सुनाइएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् ।

महान्यायाधिवक्ता डा. पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेका बताइएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै अहिले रिट निवेदन परेको हो ।

प्रतिक्रिया दिनुहोस
भारतले नेपाललाई बुझायो रक्सौल-काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट

    भारतले रक्सौल-काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल–भारतबीच सम्झौता

    पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ

बजेटमा प्रमुख प्रतिपक्षी दल एमालेका १७ बुँदे ध्यानाकर्षण

    सरकारले आगामी आर्थिक बर्षको लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी

पार्टी सभापति छाड्न देउवालाई गगनको आग्रह

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका