लुक्लामा तारा एयरको एकैदिन १५ उडान



हाम्रो इकोनोमि

 

 

 

तारा एयरलाइन्सले कोरोनापछि सबभन्दा धेरै सबैभन्दा हिमाली जिल्लामा उडान भएको जनाएको छ । एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाका अनुसार यतिको भगिनी संख्या तारा एयरले एकैदिन रामेछापबाट लुक्लाको लागि १५ वटा उडान भएका छन् । यो हालसम्मकै बढी संख्याको उडान हो । कोरोनापछि गत यस महिनामा सबभन्दा बढी पर्यटक नेपाल आएभन्ने तथ्यांक बाहिरिनु र लुक्लाको फ्लाइट संख्या बढ्नुले नेपालमा विदेशी पर्यटकको चहलपहल पूर्ववत अवस्थामा फर्किएको भन्ने सकिने आधार दिएको बर्तौलाको भनाइ छ ।

केही महिना अघिदेखि रामेछापबाट लुक्ला उडान सुरु गरिएको हो । काठमाडौंबाट हुने उडानमा ट्राफिक समस्यका कारण उडान र अवतरणको संख्या थोरै मात्र गर्न सकिने भएको बैकल्पिक एयरपोर्टबाट उडान सुरु गरिएपछि पर्यटकलाई पनि सहज भएको छ । २५ मार्चबाट तारा एयरले रामेछाप लुक्ला उडान सुरु गरेको हो । पर्यटको सुविधालाई ध्यानमा राखेर तारा एयरले रामेछापमा नै दुईवटा जहाज रात्री विशासन गर्ने गरेको छ । आफ्ना कर्मचारी राख्नका लागि तारा एयरले एक वर्ष देखि रामेछापमा क्याम्प सञ्चालन गरेको बर्तौलाले जानकारी दिनुभयो ।

बर्तौलाले दिएको जानकारी अनुसार आज पोखराबाट जोमसोम ८ वटा फ्लाइट भएका छन् । तारा एयरको पोखरा- जोमसोम दैनिक पाँचवटा,नेपालगञ्ज- जुम्ला,रारा र बाजुराका लागि एक एक वटा उडानको तालिका रहेको छ । ‘करिब चारवर्ष पछिको यो उत्साहजनक उडानबाट हामी खुशी छौं’ बर्तौलाले  भन्नुभयो ‘नेपालको पर्यटन क्षेत्र  पर्यटन अब लयमा फर्किदैछ भन्ने कुराको पुष्टी आजको उडान संख्याले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...