युवा संघ काठमाडौँ महानगरको अधिवेशन सम्पन्न



 

 

नेकपा एमाले निटक राष्ट्रिय युवा संघ काठमाडौँ महानगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । युवा संघले काठमाडौँको हाँडीगाउँमा संघको अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट दिपेश सुधाकरको नेतृत्वमा ४७ सदस्यीय युवासंघ महानगर कमिटी बनेको छ । उपाध्यक्षमा चन्दन सिंहधारी, सचिव विराज राजउपाध्यय, सहसचिव पुणम महर्जन र अमृत महर्जन, कोषाध्यक्ष पवित्रा कुमारी छन् । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष, महासचिव, जिल्ला पार्टी सचिवलगायतको उपस्थिति थियो । संघको केन्द्रीय अध्यक्ष किरण पौडेलले काठमाडौँमा एमालेले सहि ढंगले कार्यकर्ता परिचालन गर्न नसक्दा आफूहरूले पराजय भोग्नु परेको बताए ।

उनले बोलेनलाई देशविदेश रहेका छोराछोरीले आफ्नो आमा—बुवालाई दबाब दिएर भोट हाल्न लगाउदा एमालेले योग्य उम्मदेवारको प्रचारसमेत सहि ढंगले गर्न नसकेको बताए । यो अधिवेशनबाट बनेका कमिटीले आगामी निर्वाचनमा विजय हुने गरि तयारी थाल्न उनको निर्देशन छ । उनले स्वतन्त्र विद्यार्थी युनियनलाई पूर्ण रूपमा सहयोग गर्न पनि युवा संघ महानगर कमिटीलाई निर्देशन दिएका छन् । अध्यक्ष पौडेलले युवा संघले काठमाडौँको प्रत्येक वडामा पुगेर जनताको समस्यालाई समाधान गर्न लाग्न निर्देशन दिएका छन् । उनले नियमित कार्यक्रम बनाएर जनताको बीच जाने र जनताको समस्या समाधान गर्न युवा संघले नेतृत्व गर्न समेत निर्देशन दिएका छन् । राजनीति निरन्तर रूपमा गर्नुपर्ने भन्दै पूर्वसांसद तथा काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले युवा संघ महानगर कटिमीले जनभावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे । अहिले र पहिलेका आवश्यकता फरक भएकाले कार्यक्रमहरू पनि फरक हुनुपर्ने उनले बताए ।

उनले कानठमाडौंमा मेयर बालेन शाहबाट पीडित भएकाहरूलाई मुद्दा बनाएर अघि बढ्न युवा संघलाई आग्रह गरेका छन् । युवा पंक्ति सही रूपमा पार्टी संगठन निर्माणमा लागेको अवस्थामा मात्र पार्टीले चुनाव जित्ने उनको भनाइ छ । कार्यक्रममा युवा संघका केन्द्रीय महासचिव क्षतिज थेवेले युवा संघ निर्माण गर्नु मात्र ठुलो कुरा नभएको बताए । उनले नेतृत्व निर्माण मात्र ठुलो कुरा नभएको भन्दै उनले युवाहरूको सम्मेलनमा ठोस निष्कर्ष निकाल्न सक्नु पर्ने बताए । उनले एमालेले मिसन ग्रासरूट चलाइ रहेको अवस्थामा त्यसलाई सहयोग गर्न केके गरियो भन्ने पनि देखाउनु पर्ने बताए ।

उनले अब ३० वर्ष मुनिका युवाहरूले महानगर सञ्चालन गर्ने उद्देश्य राखेर काम गर्न समेत आग्रह गरे । उनले प्रत्येक वडाबाट कसरी र कति युवा संगठनमा जोड्यौं भन्ने विषय मुख्य रहेको उनले बताए । थेवेले अहिले भएको गतिविधिको समिक्षा गर्नुपर्ने बताए । उनले पार्टी वा संगठनले गरेका गतिविधि सहि छैनन् भने त्यसलाई परिमार्जन गर्ने की नगर्ने त्यो विषय गम्भीर रहेको उनले बताए । अब बन्ने प्रत्येक कमिटीमा नयाँ युवाहरूलाई ल्याउनै पर्ने उनले बताए । नयाँ सदस्य बिनाको कमिटी एमाले विस्तार नहुने उनको दाबी छ । युवा संघले उठाएको मुद्दा आम युवाहरूको हुनपर्ने उनले बताए । देशको पहिलो महानगर भएको भन्दै युवासंघका केन्द्रीय उपाध्यक्ष सुमन पुरिले महानगर जस्तो ठाउँमा महानगरमै नियमित अधिवेशन गर्न नसक्नु विडम्बना भएको बताए । हिजो र आजको कार्यक्रम फरक भएको भन्दै उनले आजको कार्यदिशा समृद्धि हुनुपर्ने बताए ।

युवा संघले चाहेको अवस्थामा जे पनि गर्न सक्ने भन्दै महानगरले फोहोर नउठाउँदा समेत युवा संघले उठाएको उनले बताए । उनले महानगरमा एमालेको राम्रो कामको प्रचार गर्न नसकेको बताए । युवाको नाममा कसैले घण्टी बजाउँदा, कसैले लौरो ठट्टाउँदा केपी ओली नेतृत्वमा भएको राम्रो काम प्रचार गर्न समेत नसकेको उनले बताए । ७० वर्षपछि सक्रिय राजनीति गर्न नपाउने एमालेको विधानमा व्यवस्था भएको भन्दै अबको १०—१५ वर्ष पछि पार्टी र देशको नेतृत्व गर्ने जिम्मेवारी अहिलेका युवाहरूकै काँधमा आउने बताए । त्यसका लागि युवाहरू अहिलेदेखि नै तयार हुनुपर्ने उनले बताए । उनले युवाहरूले आगामी कार्यदिशा प्रष्ट बनाएर लाग्नुपर्ने बताए । नव निर्वाचित अध्यक्ष दिपेश सुधाकरले काठमाडौं महानगर आफू केही गर्ने इच्छा बोकेर राजनीतिमा आएको बताए । उनले युवाहरूले राजनीति सफा गर्न पनि राजनीति गर्नुपर्ने बताए । उनले अहिले नेताहरूलाई चिया पसलमा बसेर गाली गर्नेहरूले आफूले देशका लागि के गरेर भनेर हिसाव किताव गर्नुपर्ने सुझाव दिए । उनले अब संगठन मासमा भन्दा कमिटीगत प्रणालीलाई व्यवस्थित गरेर अघि बढ्ने बताए । महानगर कमिटी सानो तर चुस्त बनाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र १ करोड नगदसहित ७ जना पक्राउ

    उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १

व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई

डिडिसीले किसानलाई ४८ करोड भुक्तानी गर्‍यो

    दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

यसकारण मलाई गोदावरीमा निषेध गरियो : भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी