ममता झालाई मत दिने रास्वपाको निर्णय



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ ।

‘सत्ता गठबन्धनको एउटा पक्ष र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ देखिन्छ । हामी र जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेका हौं’, ती सांसदले भने । उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...